Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

पत्रकार महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभा वीरगंजमा सम्पन्न

spot_img
spot_img
वीरगंज । नेपाल पत्रकार महासंघ मधेस प्रदेशको तेस्रो साधारणसभा वीरगंजमा आइतबार सम्पन्न भएको छ ।
 
साधारण सभाले पत्रकारको हकहितको लागि सशक्त भएर अघि बढ्ने निर्णय गर्दै पत्रकारको भरभोषणको लागि अक्षय कोषको स्थापना, पत्रकारको भौतिक सुरक्षाको लागि जिवन बिमा तथा क्षमता अभिवृद्धिको लागि तालिममा बिशेष जोड दिने निर्णय गरेको महासंघका मधेश प्रदेश अध्यक्ष राजेश कर्णले जानकारी दिए । 
 
साधारण सभाकाे बन्दसत्रमा महासचिव श्याम बन्जाराले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विश्वनाथ ठाकुरले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसहमतिले पारित भएकाे थियाे ।
 
सधारण सभाकाे उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीले गरेका थिए । उद्घाटन समाराेहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री गद्दीले पत्रकार सुरक्षाको लागि प्रदेशका ८ वटै जिल्लाका करिव एक हजार पत्रकारको जिवन बिमा गर्ने लक्ष्य रहेको र सो बिमा योजना पर्साबाट शुरु गर्ने वताए ।
 
उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य राजकुमार गुप्ता, प्रदेश सभा सदस्य श्याम पटेल, नेपाल पत्रकार महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष रमेश बिष्ट, सचिव दिपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, शिव पुरी, रिंकु मिश्रा, प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेख, वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...