Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

ट्रककाे ठक्करबाट शिक्षक कुशवाहाकाे मृत्यु, शाेकमा विदा

spot_img
spot_img

वीरगंज । सवारी दुर्घटनामा परी पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ मा रहेकाे श्री सुकई साह माध्यमिक विद्यालय भेडिहारीका शिक्षक ३५ बर्षिय रामनरेश प्रसाद कुशवाहाकाे शनिबार मृत्यु भएकाे छ ।

भारत बिहारकाे रामनगरमा ट्रककाे ठक्करबाट कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारी निवासी शिक्षक कुशवाहाकाे शनिबार दिउसाे ३ बजेकाे करिबमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । रामनगरस्थित चिनिमिल अगाडीकाे सडकमा माेटरसाइकलमा सवार उनलाई ट्रकले ठक्कर दिएकाे थियाे । ठक्कर दिने ट्रक रामनगर चिनिमिल कै रहेकाे वताइएकाे छ । 

स्थानियका अनुसार शिक्षक कुशवाहा शुक्रबार रामनगर पुगेका थिए । रामनगरबाट शनिबार माेटरसाइकले घर फर्कने क्रममा ट्रकले ठक्कर दिदाँ शिक्षक कुशवाहाकाे घटना स्थल मै मृत्यु भएकाे थियाे । मृतक कुशवाहाकाे दुई छाेरा र एक छाेरी छन् ।

शिक्षक कुशवाहाकाे सवारी दुर्घटनामा परि निधन भएकाे शाेकमा कालिकामाई गाउँपालिकाले आइतबार विदा दिएकाे छ ।

गाउँ कार्यपालिकाका कार्यालयले आइतबार एक सूचना जारी गर्दै सवारी दुर्घटनामा परि शिक्षक कुशवाहाकाे भएकाे असामयिक निधनले सिंगो कालिकामाई गाउँपालिकालाई स्तब्ध तुल्याएको जनाएकाे छ । अकल्पनिय दुःखद घडिमा दिवंगत आत्माले शान्ति पाओस, वैकुण्ठमा वास होस् र शोक सन्तब्ध परिवार प्रति पर्न गएको अपूर्णिय छतिमा ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै समवेदना प्रकट समेत गाउँपालिकाले गरेकाे छ ।

साथै कालिकामाई गाउँ कार्यपालिकाको आइतबार बसेको आकस्मिक बैठकको निर्णय बमोजिम कालिकामाई गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षकि संस्था तथा गाउँपालिका मातहतका कार्यालयहरुमा मिति २०७९-०९-०३ गते आईतवारका दिन विदा हुने जारी सूचनामा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...