Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

लायन्स क्लब ऑफ वीरगंजकाे स्वर्ण जयन्तीमा रक्तदान

spot_img
spot_img

वीरगंज । लायन्स क्लब ऑफ वीरगंजकाे स्वर्ण जयन्ती बर्षको अवसरमा शनिवार बीरगंज महानगरपालिकाको वड़ा नम्बर ३२ को चोरनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ वीरगंजको सहयोग र लायन्स क्लब अफ वीरगंजको आयोजनामा चोर्नीस्थित ज्योतिफार्म चोकमा भएकाे कार्यक्रममा ९४ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

लायन्स क्लब ऑफ वीरगंजका अध्यक्ष सुनील खेतानको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति युवा क्लबका अध्यक्ष बाबूराम खनाल, गणेश बास्कोटा, नारायण प्रसाद बराल, सन्नी श्रेस्ठ, गैन बहादुर गुरुंग, बिक्की गुरुंग, निर्मल काफ़्ले, सुशांत महरजन, शक्ति ढुङ्गेल, लेश बहादुर आले मगर, सांजित राउत, आशिष श्रेस्ठ, संजय तामांग सँगै स्थानीय सरोज राम, दीपक यादव, नागेन्द्र चौधरी, शिव बालक मन्डल, उमेश कुमार पण्डित, कृष्ण कुमार राम लगायतकाले रक्तदान गरेको कार्यक्रमका संयोजक लायन पप्पु श्रीवास्तवले जानकारी दिए ।

लायन गजेन्द्र मान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ वीरगंजका उपाध्यक्ष राजेश बर्णवाल, लायन्स क्लब ऑफ वीरगंजका पूर्व अध्यक्ष संतोष साह, अध्यक्ष तथा ज़ोन चेयरपर्सन छेदुप लामा, लायन्स क्लब बीरगंजका कोषाध्यक्ष गोविन्दा प्रसाद कानू, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्षहरू सरिता खड्गी, निकेश श्रेस्ठ, दिपेन्द्र यादव, क्लबका अध्यक्ष जेयाद अंसारी, सुजीत मंडल लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका धीरेन्द्र झा नेतृत्वको प्राविधिकहरुको टोली प्राविधिक सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीका मृतकप्रति एमालेका अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपीशर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनःस्थापना...

नेशनल र नेपाल मेडिकल कलेजद्वारा रसुवा बाढीपीडितका लागि ७५ लाख सहयोग

वीरगंज । रसुवा जिल्लामा हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेशनल मेडिकल कलेज प्रा.लि., वीरगंज...

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...