Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

लायन्स क्लब ऑफ वीरगंजकाे स्वर्ण जयन्तीमा रक्तदान

spot_img
spot_img

वीरगंज । लायन्स क्लब ऑफ वीरगंजकाे स्वर्ण जयन्ती बर्षको अवसरमा शनिवार बीरगंज महानगरपालिकाको वड़ा नम्बर ३२ को चोरनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लियो क्लब अफ वीरगंजको सहयोग र लायन्स क्लब अफ वीरगंजको आयोजनामा चोर्नीस्थित ज्योतिफार्म चोकमा भएकाे कार्यक्रममा ९४ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

लायन्स क्लब ऑफ वीरगंजका अध्यक्ष सुनील खेतानको अध्यक्षतामा भएको कार्यक्रममा ज्योति युवा क्लबका अध्यक्ष बाबूराम खनाल, गणेश बास्कोटा, नारायण प्रसाद बराल, सन्नी श्रेस्ठ, गैन बहादुर गुरुंग, बिक्की गुरुंग, निर्मल काफ़्ले, सुशांत महरजन, शक्ति ढुङ्गेल, लेश बहादुर आले मगर, सांजित राउत, आशिष श्रेस्ठ, संजय तामांग सँगै स्थानीय सरोज राम, दीपक यादव, नागेन्द्र चौधरी, शिव बालक मन्डल, उमेश कुमार पण्डित, कृष्ण कुमार राम लगायतकाले रक्तदान गरेको कार्यक्रमका संयोजक लायन पप्पु श्रीवास्तवले जानकारी दिए ।

लायन गजेन्द्र मान सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लायन्स क्लब अफ वीरगंजका उपाध्यक्ष राजेश बर्णवाल, लायन्स क्लब ऑफ वीरगंजका पूर्व अध्यक्ष संतोष साह, अध्यक्ष तथा ज़ोन चेयरपर्सन छेदुप लामा, लायन्स क्लब बीरगंजका कोषाध्यक्ष गोविन्दा प्रसाद कानू, लियो क्लब अफ वीरगंजका पूर्व अध्यक्षहरू सरिता खड्गी, निकेश श्रेस्ठ, दिपेन्द्र यादव, क्लबका अध्यक्ष जेयाद अंसारी, सुजीत मंडल लगायतकाको सहभागिता रहेको थियो ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस रक्त संचार केन्द्र वीरगंजका धीरेन्द्र झा नेतृत्वको प्राविधिकहरुको टोली प्राविधिक सहयोग गरेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागुऔषध बरामद भएपछि...