Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पाँच वर्ष सम्म देउवा नै प्रधानमन्त्री : सांसद रिजाल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका नेता एवं पर्सा ४ का नवनिर्वाचित सांसद रमेश रिजालले समानुपातिकतर्फको पुरुष सांसद पूर्व पदाधिकारीलाई बनाउने कि पदाधिकारीलाई बनाउने भन्ने मापदण्ड नबनेको बताएका छन् ।

‘कांग्रेसले समानुपातिकमा ३२ सिट पाएको छ । त्यसमा तीन जना मात्र पुरुषले पाउनुहुन्छ । महाभारत भए पनि रामायण भए पनि छान्नैपर्‍यो । गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत सबै योग्य छ । जीवन परियार, फर्मुल्लाह मन्सुरको दाबी पनि उचित हो । अहिले मेरो, तपाईंको अनुमान मात्र हो । पार्टीको बैठक नबसीकन कसरी भन्न सकिन्छ ? हामीले चाहेर मात्र हुँदैन । बहुमतले जे तय गर्छ, त्यही हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै रिजालले भने ।

उनले गठबन्धनको बहुमत पुग्ने र शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने ठोकुवा गरे । रिजालले थपे, ‘गठबन्धनको बहुमत पुग्छ । जसपा, जनमत र केही स्वतन्त्रहरु गठबन्धनमा आउँछन् । प्रधानमन्त्रीमा तत्काल शेरबहादुर देउवाको विकल्प छैन । मलाई आलोपालोको ज्ञान भएन । जनतालाई स्थिर सरकार दिन्छु भन्ने अनि ६, ६ महिनामा प्रधानमन्त्री आलोपालो गरिरहने ? पाँच वर्षको प्रधानमन्त्री देउवा नै हो ।’ प्रधानमन्त्रीका निम्ति गठबन्धन तोडिने कल्पना नगरेको पनि रिजालले बताए ।

कांग्रेसमा रामचन्द्र पौडेल, गगन थापा, प्रकाशमान सिंहको दाबी छ नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘गगनको समय आइसकेको छैन । पछि पछिका लागि भूमिका बनाउनुभएको हो । संसदीय दलमा उहाँले देउवालाई हराउन सक्नुहुन्न । रामचन्द्र पौडेलले बन्छु भनेर मात्र हुँदैन, आफ्नो शक्ति पनि हुनुपर्छ । अब देउवालाई रामचन्द्र, प्रकाशमानले पनि सहयोग गर्नुपर्छ । पछि पालो आउँछ ।’

मधेस प्रदेशमा कांग्रेस हुनुपर्ने जति बलियो नदेखिएको पनि रिजालले स्वीकारे । उनले भने, ‘कांग्रेसको कन्जबिजोग भएको छैन । एमाले हामीभन्दा ठूलो पार्टी भएको सत्य हो । मधेस प्रदेशमा गठबन्धनकै सरकार बन्ने सम्भावना छ । मुख्यमन्त्री को बन्ने तय भएको छैन ।’ अहिले नै मुख्यमन्त्री पाउने जनमत पार्टीको हैसियत नभएको पनि उनले औंल्याए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...