Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

पर्सा मिलन केन्द्रले पर्सामा विभिन्न कार्यक्रम गर्दै

spot_img
spot_img

वीरगंज । पर्सा मिलन केन्द्र  काठमाडाैंले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रम गर्न लागेकाे जनाएकाे छ । मिलन केन्द्रले अन्तरक्रिया कार्यक्रम र निशुल्क आँखा शिविरकाे आयाेजना गर्न लागेकाे संस्थाका महासचिव ललन प्रसाद साहले जानकारी दिए । 

मंसिर २३ गते शुक्रबार वीरगंजस्थित राेयल पार्टी प्यालेसमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम, मंसिर २४ गते शनिबारका दिन वीरगंज महानगरपालिकाकाे अलाैंस्थित श्री द्वारदेवी माविमा निशुल्क माेतिया विन्दुकाे अपरेशन जाँच शिविर र मंसिर २५ गते अलाैं मै बाल विवाह तथा मर्यादित महिनवारी बारे अन्तक्रिया कार्यक्रम गर्न लागिएकाे महासचिव साहले वताए ।  

उपत्यकामा पेशा, व्यवसाय, अध्यन, अध्यापन, श्रम वा रोजगारिको सिलसिलामा स्थाई/अस्थाई रुपमा बसोबास गर्दै आएका पर्साबासिहरुको भेटघाट, आपसी सद्भाव र सहयागको लागि वि.स. २०४७ सालमा एक समाजिक संस्था रुपमा पर्सा मिलन केन्द्र, काठमाडौ स्थापना भएकाे संस्थाका अध्यक्ष ई. उमेश कुमार गुप्ताले वताए ।

विगत २५ वर्ष देखि पर्सा मिलन केन्द्रले ‘पर्सा दिवस समारोह” को रुपमा मनाउदै आएको पत्रकार सम्मेलनमा वताउँदै यस वर्षको कार्तिक २६ गते शनिवारका दिन काठमाडौमा सम्पन्न ‘पर्सा दिवस समारोहमा पर्सा तथा देश विकासको विभिन्न क्षेत्रमा विशेष योगदान पुयाउने १९ जना पर्सावासीहरुलाई अभिनन्दन, सम्मान एवम् कदर पत्रद्वारा विभोषित गरिएकाे समेत जनाकारी गराए ।

यसका साथ पर्सा तथा काठमाडौमा नियमित निःशुल्क विशेषज्ञ एवम् मोतियाँ विन्दुको अपरेशन शिविर, अनाथ बाल-बालिका तथा बुढाहरुलाई न्यानो कपडा लगायत खाद्यान एवम् फलफुल वितरण, रक्तदान, भुइकम्प एवम् कोभिडमा विशेष सहयोग, बाल-बिबाह तथा दाइजो उन्मुलन अभियान नेपालीको विशेष चाड पर्वमा शुभकामना आदान-प्रदान र पिकनिक कार्यक्रम गर्दै आइरहेको उनले जानकारी गराए ।

संस्थाका अध्यक्ष गुप्ताकाे अध्यक्षता र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराकाे प्रमुख आतिथ्यतामा भएकाे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा वडाध्यक्ष संजु छतुकुली, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वानका मधेश प्रदेश अध्यक्ष आशिक अंसारी लगायतले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...