Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

पत्रकार स्व. सर्राफकाे श्रद्धान्जली सभा सम्पन्न

spot_img
spot_img
वीरगंज । क्रियाशील युवा पत्रकार मंच पर्साकाे आयाेजनामा वीरगंजका पत्रकार स्वर्गीय नरेश सरार्फको श्रद्धान्जली सभा बिहिबार सम्पन्न भएकाे छ । हृदयघातबाट अल्पायुमै निधन भएका पत्रकार सर्राफकाे याेगदानलाई कहिले पनि बिर्सिन नसकिने वक्ताहरुले वताएका छन् ।
 
श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले सर्राफको व्यक्तित्वको बारेमा चर्चा गर्दै पर्सा जिल्लाको पत्रकारितामा उनको छुट्टै योगदान रहेका बताएका थिए । नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जाराले स्वर्गीय सर्राफको सद्गुण, स्वभाव र आचरणलाई अनुकरण गर्नु पर्नेमा जोड दिए ।
 
निष्ठाको पत्रकारिता गर्ने सर्राफ व्यवसायिक पत्रकार भएको बताउँदै उनले भने, “उनी एक असल पत्रकार थिए, असल मान्छे कसैको हुँदैन, सबैको हुन्छ । अब हामीले पनि व्यवसायिक पत्रकारिता गरेर समाजलाई सकारात्मक बाटोतर्फ डो¥याउने काम गरेपछि मात्रै उनको आत्माले पनि शान्ति पाउनेछ ।”
 
मञ्चका अध्यक्ष प्रणय कुमार साहको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभालाई नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल पटवारी, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस चौतारी पर्साका सह–संयोजक तुलसी भण्डारीले स्व.पत्रकार सर्राफले देखाएको बाटोमा हिडन सके मात्र उनीप्रती सच्चा श्रद्धाञ्जली हुने बताए ।
श्रद्धाञ्जली सभामा सहभागी पत्रकार तथा विभिन्न संघसंस्थका प्रतिनिधिहरुले स्वर्गीय सर्राफको तस्वीरमा माल्यार्पण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । कार्यक्रमको सहजीकरण क्रियाशील युवा पत्रकार मञ्चका आंनद पटेलले गरेका थिए ।
 
नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफको मंसिर १५ गते निधन भएको थियो ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...