Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

गैसस महासंघ पर्साकाे अधिवेशन पुष २ गते गर्ने निर्णय

spot_img
spot_img

वीरगंज । गैरसरकारी संस्था महासंघ नेपाल पर्सा शाखाकाे ८ औं जिल्ला अधिवेशन यही पुष २ गते हुने भएकाे छ । महासंघ पर्सा शाखाकाे बिहिबार बसेकाे बैठकले यहि पुष २ गते शनिबार जिल्लाकाे सदरमुकाम वीरगंजमा अधिवेशन गर्ने निर्णय गरेको हाे ।

महासंघ पर्सा शाखाका अध्यक्ष छठु साहको अध्यक्षतामा बसेको बैठकले अधिवेशनकाे उद्घाटन समाराेहमा समाजिक क्षेत्रमा योगदान गरेको र समाजिक क्षेत्रबाट जनप्रतिधिनिमा निर्वाचित भएका ७ जनालाई सम्मान गर्ने पनि निर्णय गरेको छ ।

साथै बैठकले यही मंसिर १५ गते असामयिक निधन भएका वीरगंजका क्रियाशिल युवा पत्रकार स्व. नरेश सरार्फ प्रति हार्दिक श्रद्धान्जली अपर्ण गर्दै शाेक प्रस्ताव समेत पारित गरेकाे छ । बैठकले एउटा पर्सा जिल्लाले एउटा असल पत्रकार गुमाएकाेमा दु:ख व्यक्त गर्दै शाेक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न संवेदना समेत प्रकट गरेकाे छ ।

महासंघ पर्सा शाखाकाे सम्पर्क कार्यालय वीरगंज ८ पानीटंकीमा बसेकाे बैठकमा वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादव, संचारकर्मी माधुरी महतो, जयनारायण चौधरी, सुरज पंडित लगायत कार्यसमितीका पदाधिकारी तथा सदस्यहरुकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...