Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

समाजवादी प्रेस संगठनले मंसिर २४ गते श्रद्धाञ्जली सभा गर्ने

spot_img
spot_img

वीरगंज । समाजवादी प्रेस संगठन पर्सा शाखाकाे बैठक सम्पन्न भएकाे छ । संगठनकाे सम्पर्क कार्यालय वीरगंजमा बसेकाे बैठकले संगठनका सदस्य स्व. नरेश सर्राफकाे आत्माको चिर शान्तिको लागि शोक प्रस्ताव पारित गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।

साथै बैठकले स्व. सर्राफकाे १० औं दिनकाे पुण्य तिथीमा मंसिर २४ गते शनिबारका दिन वीरगंज मै शाेक सभा समेत गर्ने निर्णय गरेकाे संगठन पर्साका सह सचिव विनाेद पटेलले जानकारी दिए ।

संगठनका संस्थापक सदस्य समेत रहेका पत्रकार सर्राफकाे निधनले मधेश प्रदेशकाे पत्रकारिता क्षेत्रकाे साथ साथै संगठनकाे लागि  ठूलाे क्षति पुगेकाे बैठककाे निष्कर्ष छ ।   

नेपाल पत्रकार महासंघ पर्सा शाखाका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफकाे मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा हृदयघात भएर निधन भएका थिए ।    

संगठन पर्साका अध्यक्ष मनाेज पटेलकाे अध्यक्षतामा बसेकाे बैठकमा उपाध्यक्ष शम्भु कुमार सुमन, सचिव अजय चाैरसिया लगायत कार्य समिति सदस्यहरु उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...