Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

रेडक्रस पर्साले कोभिड १९ विरुद्धकाे खोप अभियान संचालन गर्दै

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस सोसाईटी पर्सा शाखा वीरगंजकाे आयोजनामा बुधबार कोभिड १९ पूर्व तयारी तथा प्रतिकार्य कोभिड १९ बिरुद्धको खोप अभियान कार्यक्रम सम्बन्धि जिल्ला स्तरीय समन्वय बैठक सम्पन भएको छ ।

रेडक्रस पर्सा शाखाका सभापति बिरेन्द्र राज कडेलको सभापतित्व र रेडक्रस मधेश प्रदेशका सभापति फुलमहम्मद मियाको प्रमुख आतिथ्यमा सम्पन बैठकले पर्साका दुई वटा पालिकामा खोप लिने संख्यमा सत प्रतिशत पुर्याउने अभियान चलाउने निर्णय गरेको छ ।

पर्साको पकहामैनपुर गाउँपालिका र बिन्दवासिनी गाउँपालिकामा जनचेतनामुलक काम गर्ने र विद्यालयमा पनि अभियान संचालन गर्ने समेत निर्णय गरेको कार्यक्रम संयोजक अजय यादवले बताए ।

खोप लिनेको संख्यामा सब भन्दा कम पर्सा जिल्ला रहेकाे र पर्सा जिल्लामा पनि सबै भन्दा कम लिनेको संख्या पकहामैनुर, बिन्दवासिनी र सखुवा प्रसाैनी गाउँपालिका रहेकोले खोप लिनेको संख्यामा बृद्धि गराउन तथा सत प्रतिशत नै पुर्याउन अभियान नै चलाउनु परेको रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कडेलले बताए ।

कडेलका अनुसार बर्तमानमा दुईटा पालिका पकहा मैनपुर र बिन्दवासिनीलाई कार्यक्षेत्र बनाएकाे छ । बिन्दवासिनी गाउँपालिकामा ५ बर्ष देखी ११ बर्ष उमेरका १२ हजार ८ सय ९१ जनालाई र १२ बर्ष देखी १७ बर्ष सम्मका ४ सय ६४ जना र १८ बर्ष भन्दा माथीका १२ हजार ३ सय ५१ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ बर्षका तीन हजार ७ सय २६ जना, १२ देखी १७ बर्षका २ हजार ८ सय ५४ जना र १८ बर्ष माथी ६ हजार ९ सय ४८ जनालाई खोप दिन बाकी रहेको रहेकाे छ ।

यसैगरी पकहा मैनपुर गाउँपालिकामा ५ देखी ११ बर्ष उमेरका १३ हजार ४ सय ७६ जना, १२ बर्ष देखी १७ बर्षका दुई हजार ८२ जनाले र १८ बर्ष भन्दा माथीकाहरु १० हजार ७ सय ७७ जनालाई खोप लागेको छ भने ५ बर्ष देखी ११ सम्मका ५ हजार ७ सय ७८ जना, १२ बर्ष देखी १७ बर्षका ७ सय ४३ जना र १८ बर्ष भन्दा माथीका ५ हजार ६ सय ५२ जनालाई खोप लगाउन वाकी रहेकाे छ ।

खोप नलिएकाहरु पनि के‍हीले खोप कार्ड बनाइसकेको सर्बे गर्दा फेला परेको वताइएकाे छ ।

रेडक्रस पर्साका सभाहलमा बसेकाे बैठकमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, बिन्दवासिनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु साह, जनस्वास्थ्य कार्यालय पर्सा निमित प्रमुख बिनोद झा, जिल्ला प्रशासन कार्यालय पर्साका गौरीशंकर प्रसाद, गैरसरकारी संस्था महासंघ पर्साका अध्यक्ष छठु साह रेडक्रसका अधिकृत बिरशमशेर कुर्मी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...