Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

पत्रकार सर्राफकाे निधनले अपूरणीय क्षति : वक्ताहरु

spot_img
spot_img

वीरगंज । हिन्दु स्वमसेवक संघ पर्साकाे आयाेजनामा आज पत्रकार स्व. नरेश सर्राफकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ । संघकाे कार्यालय केशव धाम वीरगंजमा भएकाे श्रद्धाञ्जली सभामा वाेल्ने वक्ताहरुले पत्रकार सर्राफकाे असामयिक निधनले पत्रकारिता क्षेत्रकाे साथ साथै हिन्दु स्वयम् सेवक संघकाे लागि ठूलाे क्षति पुगेकाे वताएका छन् । 

पत्रकार सर्राफकाे जिवनको बारेमा बर्णन गर्दै वक्ताहरुले उनी असल, सालिन र इमान्दार व्यक्ति भएकाे वताए । पत्रकारिता क्षेत्रमा अलग पहिचान बनाएका सर्राफले धर्म रक्षा र संरक्षणकाे लागि पनि अतुल्निय काम गरेकाे वताए । उनकाे निधनले मधेश प्रदेश कै पत्रकारिता क्षेत्रमा क्षति पुगे जस्ताे संघकाे  लागि पनि ठूलाे क्षति पुगेकाे वक्ताहरुकाे भनाई थियाे ।

नेपाल पत्रकार महासंघ पर्साका जिल्ला कार्य समिति सदस्य समेत रहेका ३८ बर्षिय पत्रकार सर्राफकाे मंसिर १५ गते विहान व्ययाम गरिरहेको अवस्थामा हृदयघात भएर निधन भएका थिए । उनी हिन्दु स्वमसेवक संघ पर्साका जिल्ला प्रचार प्रमुख समेत थिए । 

विभाग संघचालक ललन द्विवेदीकाे अध्यक्षतामा भएकाे श्रद्धाञ्जली सभामा समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज कुमार पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, पत्रकार एसके चाैरसिया, युवा नेता राकेश यादवले स्व. पत्रकार सर्राफकाे जिवनको बारेमा बर्णन गरेका थिए भने कार्यक्रमकाे संचालन संघका जिल्ला कार्यवाह कृष्ण चौरसियाले गरेका थिए ।

कार्यक्रममा सहभागि जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, वडाध्यक्ष बैजु स्वर्णकार, विश्व हिन्दु परिषद नेपालका मार्ग दर्शक मण्डलका सदस्य सराैभनाथ बाबा, हिन्दु स्वयम् सेवक संघका संभाग कार्यवाहक रंजित साह, स्व. सर्राफका काका सुरेन्द्र सर्राफ, ओमप्रकाश सर्राफ लगायतकाले श्रद्धान्जली दिएका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...