Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

प्रधानमन्त्रीमा माओवादीकाे दाबी स्वभाविक : देव गुरुङ

spot_img
spot_img

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

केन्द्रीय कार्यालय, पेरिशडाँमा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएको बताएका हुन्। गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वभाविक ढंगले त्यो कुरा उठाउने विषय स्वतः भयो।”

अहिलेको परिवर्तनको बाहक भएको नाताले पनि नेतृत्वको दाबी गर्न स्वभाविक हुने उनको भनाइ थियो। “संविधान निर्माण खेलेको भूमिका, अहिलेको परिवर्तनको मूल बाहकका रुपमा सरकारको नेतृत्व (प्रधानमन्त्री) को दाबी हुने नै भयो,” गुरुङले भने।

यससँगै अहिले त्रिशंकु संसद् भएकाले दलहरूको सहमति आवश्यक हुने उनको भनाइ थियो। महासचिव गुरुङले भने, “अहिले त्रिशंकु संसद् रहेको अवस्थामा आपसी समझदारीबाट जानुको विकल्प देखिँदैन।”

त्यस्तै, माओवादीले अहिले नै गठबन्धनको विकल्पका रुपमा नसोचेको उनले बताए। पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा भए पनि गठबन्धन र सरकार गठनका विषयमा निर्णय नभएको उनको भनाइ थियो। “गठबन्धन तोड्न पर्छ, फेर्नुपर्छ भन्ने अवस्थामा पुगेको होइन,” गुरुङले भने।

गठबन्धनको बैठक बसेर यस विषयमा छलफल हुने बताए। त्यसपछि मात्रै अरु विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...