Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

प्रधानमन्त्रीमा माओवादीकाे दाबी स्वभाविक : देव गुरुङ

spot_img
spot_img

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले आगामी सरकारको नेतृत्वका लागि आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

केन्द्रीय कार्यालय, पेरिशडाँमा आयोजित पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महासचिव गुरुङले सरकारको नेतृत्वमा माओवादीको दाबी स्वभाविक भएको बताएका हुन्। गुरुङले भने, “विगतदेखि भन्दै आएकाले स्वभाविक ढंगले त्यो कुरा उठाउने विषय स्वतः भयो।”

अहिलेको परिवर्तनको बाहक भएको नाताले पनि नेतृत्वको दाबी गर्न स्वभाविक हुने उनको भनाइ थियो। “संविधान निर्माण खेलेको भूमिका, अहिलेको परिवर्तनको मूल बाहकका रुपमा सरकारको नेतृत्व (प्रधानमन्त्री) को दाबी हुने नै भयो,” गुरुङले भने।

यससँगै अहिले त्रिशंकु संसद् भएकाले दलहरूको सहमति आवश्यक हुने उनको भनाइ थियो। महासचिव गुरुङले भने, “अहिले त्रिशंकु संसद् रहेको अवस्थामा आपसी समझदारीबाट जानुको विकल्प देखिँदैन।”

त्यस्तै, माओवादीले अहिले नै गठबन्धनको विकल्पका रुपमा नसोचेको उनले बताए। पदाधिकारी बैठकमा निर्वाचनको समीक्षा भए पनि गठबन्धन र सरकार गठनका विषयमा निर्णय नभएको उनको भनाइ थियो। “गठबन्धन तोड्न पर्छ, फेर्नुपर्छ भन्ने अवस्थामा पुगेको होइन,” गुरुङले भने।

गठबन्धनको बैठक बसेर यस विषयमा छलफल हुने बताए। त्यसपछि मात्रै अरु विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...