Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

छिपहरमाईमा सांसद रिजाललाई वजन बराबर लड्डुले तौलेर सम्मान

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य (सांसद) मा निर्वाचित नेापली कांग्रेसका रमेश रिजालाई छिपहरमाई गाउँपालिकामा फरक तरिकाले सम्मान गरिएकाे छ । नवनिर्वाचित रिजालाई छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वाका बासिन्दाले फरक ढङ्गले सम्मान गरेका हुन् ।

नवनिर्वाचित रिजाललाई त्यहाँका बासिन्दाले उनकाे वजन बराबर लड्डुले तौलेर सम्मान गरेकाे नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले वताए । सांसद रिजालकाे वजन बराबरको ७० किलाे लड्डू पछि गाउँमा वितरण गरिएको सह सचिव सिंहले बताए ।

नेता रिजाल सांसदमा निर्वाचित भएपछि मतदातालाई धन्यावाद ज्ञापन गर्न गाउँ गाउँमा पुग्ने गरेका छन् । त्यसै क्रममा छिपहरमाई गाउँपालिका पुगेका रिजाललाई त्यहाँ कार्यकर्ता र स्थानियले भव्य स्वागत तथा सम्मान गरेका हुन् । सम्मान ग्रहणपछि सांसद रिजालले त्यहाँका पार्टीका नेता, कार्यकर्ता तथा समर्थकसहित गाउँ परिक्रमा गरेका थिए । 

बाजागाजासहित निस्केकाे विजय जुलुश छिपहरमाई गाउँपालिकाकाे तुलसी बर्वा, बंजारी, भिस्वा, जयमंगलापुर, झलमहिया, बुढगाही, टिवकी, चरगाहा, भेडिहार्वा, मिर्जापुर, भलुवहिया लगायतको गाउँ परिक्रमा गरेकाे थियाे ।

धाेबिनीमा चाँदीकाे मुकुट लगाइयाे 

त्यसैगरी छिपहरमाई गाउँपालिकामा सांसद रिजाललाई चाँदीको मुकुट लगाएर सम्मान गरिएकाे युवा नेता सिंहले जानकारी दिए ।

नवनिर्वाचित रिजाललाई बधाई दिँदै चुनाव जितेको खुसियालीमा धोविनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जू देवीले चाँदीको मुकुट लगाएर सम्मानित गरेकी थिइन । आइतबार निर्वाचन क्षेत्रमा मतदाताहरुलाई धन्यवाद दिनका निमित्त धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर पुगेका रिजाललाई उपाध्यक्ष मञ्जूले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै चाँदीकाे मुकुट लगाईदिएकाे नेता सिंहले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...