Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईमा सांसद रिजाललाई वजन बराबर लड्डुले तौलेर सम्मान

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य (सांसद) मा निर्वाचित नेापली कांग्रेसका रमेश रिजालाई छिपहरमाई गाउँपालिकामा फरक तरिकाले सम्मान गरिएकाे छ । नवनिर्वाचित रिजालाई छिपहरमाई गाउँपालिकाकाे वडा नं. ५ भिस्वाका बासिन्दाले फरक ढङ्गले सम्मान गरेका हुन् ।

नवनिर्वाचित रिजाललाई त्यहाँका बासिन्दाले उनकाे वजन बराबर लड्डुले तौलेर सम्मान गरेकाे नेपाली कांग्रेस पर्साका सह सचिव नविन सिंहले वताए । सांसद रिजालकाे वजन बराबरको ७० किलाे लड्डू पछि गाउँमा वितरण गरिएको सह सचिव सिंहले बताए ।

नेता रिजाल सांसदमा निर्वाचित भएपछि मतदातालाई धन्यावाद ज्ञापन गर्न गाउँ गाउँमा पुग्ने गरेका छन् । त्यसै क्रममा छिपहरमाई गाउँपालिका पुगेका रिजाललाई त्यहाँ कार्यकर्ता र स्थानियले भव्य स्वागत तथा सम्मान गरेका हुन् । सम्मान ग्रहणपछि सांसद रिजालले त्यहाँका पार्टीका नेता, कार्यकर्ता तथा समर्थकसहित गाउँ परिक्रमा गरेका थिए । 

बाजागाजासहित निस्केकाे विजय जुलुश छिपहरमाई गाउँपालिकाकाे तुलसी बर्वा, बंजारी, भिस्वा, जयमंगलापुर, झलमहिया, बुढगाही, टिवकी, चरगाहा, भेडिहार्वा, मिर्जापुर, भलुवहिया लगायतको गाउँ परिक्रमा गरेकाे थियाे ।

धाेबिनीमा चाँदीकाे मुकुट लगाइयाे 

त्यसैगरी छिपहरमाई गाउँपालिकामा सांसद रिजाललाई चाँदीको मुकुट लगाएर सम्मान गरिएकाे युवा नेता सिंहले जानकारी दिए ।

नवनिर्वाचित रिजाललाई बधाई दिँदै चुनाव जितेको खुसियालीमा धोविनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जू देवीले चाँदीको मुकुट लगाएर सम्मानित गरेकी थिइन । आइतबार निर्वाचन क्षेत्रमा मतदाताहरुलाई धन्यवाद दिनका निमित्त धोविनी गाउँपालिका वडा नम्बर ३ हरिहरपुर पुगेका रिजाललाई उपाध्यक्ष मञ्जूले बधाई तथा सफल कार्यकालकाे शुभकामना दिदै चाँदीकाे मुकुट लगाईदिएकाे नेता सिंहले वताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...