Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

दाङ १ मा नेकपा एसका मेटमणी चाैधरी विजयी

spot_img
spot_img

वीरगंज । दाङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका मेटमणी चाैधरी विजयी भएका छन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका साँझा उम्मेदवार चाैधरी  २६ हजार ५ सय ६३ मतले विजयी भएका हुन् । चाैधरीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शान्ता चाैधरीलाइ ५ हजार ८४ मतकाे फराकिलाे अन्तरले विजयी भएका हुन् ।

नेकपा एमालेकी शान्ता चाैधरीले २१ हजार ५ सय ७९ मत ल्याएकी थिइन् । विजयी भएका मेटमणी चाैधरी शहरी विकास मन्त्री हुन् । त्यसै गरि फाइनल नतिजा अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टीका देबराज पाठकले १३ हजार ७ सय ९४ मत, नागरिक उन्मुक्ति पार्टीका सुरेन्द्र चौधरीले ८ हजार १० मत, हाम्रो नेपाली पार्टीकी गंगा सत्गौवाले १ हजार ९२ मत, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी रूक्मिणी चौधरीले २ सय ९३ मत, मंगोल नेशनल अग्रनाइजेशनका शोभाराम बुढाले ५सय ८३ मत प्राप्त गरेका छन् ।

त्यस्तै नेपाली कांग्रेस (विपी)का असोक खड्काले १ सय ९८ मत, राप्रपाका लिला बुढाथोकीले १ हजार ४ सय ३८ मत, नेपाल मजदुर किसान पार्टीका गणेशभक्त खर्जुवाले २६ मत, लोकतान्त्रिक समाजवादी पार्टीकी प्रतिमा बुढामगरले १ सय ३३ मत, र सवतन्त्र उम्मेदवार चन्द्रमणि न्यौपानेले ३४ मत प्राप्त गरेका छन् । कुल ७८ हजार ६ सय ९८ मत खसेकोमा ७३ हजार ६ सय ४३ मत सदर भएको थियो भने ४ हजार ५ सय ६७ मत बदर भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...