Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

पर्सा क्षेत्र नं. ४ काे समानुपातिक मतगणना पनि सम्पन्न, सबै भन्दा बढी कांग्रेसलाई मत

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ काे समानुपतिक तर्फकाे मतगणना पनि सम्पन्न भएकाे छ । मधेश प्रदेश मै सब भन्दा पहिला प्रत्यक्ष तर्फकाे मतगणना गर्न सफल भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले समानुपातिक तर्फकाे मतगणना पनि बुधबार सांझ सम्पन्न गरेकाे हाे ।

क्षेत्रकाे प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यकाे समानुपातिक मतगणना सम्पन्न भएकाे निर्वाच अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक मत पनि सब भन्दा बढी नेपाली कांग्रेसले निर्वाचन अधिकृत श्रेष्ठले वताए ।

समानुपातिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले सबै भन्दा बढी २१ हजार, त्यसपछि नेकपा एमालेले १४ हजार ८७६, जनता समाजवादी पार्टी (जसपा) नेपाल १० हजार ५४८, नेकपा माओवादी केन्द्र ३ हजार २८३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १३९, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ९१५, जनमत पार्टी १ हजार १८८, नागरिक उन्मुक्ति पार्टी ७२९, नेकपा (एकीकृत समाजवादी) २८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १७८, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल १५८ मत पाएका छन् । अन्य एक दर्जन जति दलकाे एक सय भन्दा पनि कम मत पाएका छन् ।

यसैगरी प्रदेशसभा तर्फ पनि सबै भन्दा बढी नेपाली कांग्रेस २० हजार ६१०, त्यसपछि नेकपा एमाले १४ हजार ६७७, जसपा १० हजार २२४, माओवादी केन्द्र ३ हजार ४८७, जनमत पार्टी २ हजार २७१, नागरिक उन्मुक्ति पार्टी १ हजार ५३०, नेपाल सुशासन पार्टी ५३४, राप्रपा ४५७, नेकपा एकीकृत समाजवादी ४४१, लाेसपा २८७, नेपाल संघिय समाजवादी पार्टी २१८ र हाम्राे नेपाली पार्टी ११७ मत पाएका छन् ।

यस क्षेत्रमा जम्मा मतदाता संख्या ९० हजार ८५१ रहेपनि प्रतिनिधि सभाकाे समानुपातिक ६२ हजार ३ ८४ मत र प्रदेश सभाकाे समानुपातिक मत ६२ हजार ५९२ मात्र खसेकाे थियाे । जस मध्ये प्रतिनिधि सभा सदस्यकाे ३ हजार २०१ मत र प्रदेश सभा सदस्यकाे  मतमा ३ हजार ७८३ मत बदर भएकाे सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...