Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्सा क्षेत्र नं. ४ काे समानुपातिक मतगणना पनि सम्पन्न, सबै भन्दा बढी कांग्रेसलाई मत

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. ४ काे समानुपतिक तर्फकाे मतगणना पनि सम्पन्न भएकाे छ । मधेश प्रदेश मै सब भन्दा पहिला प्रत्यक्ष तर्फकाे मतगणना गर्न सफल भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले समानुपातिक तर्फकाे मतगणना पनि बुधबार सांझ सम्पन्न गरेकाे हाे ।

क्षेत्रकाे प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यकाे समानुपातिक मतगणना सम्पन्न भएकाे निर्वाच अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले जानकारी दिए । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक मत पनि सब भन्दा बढी नेपाली कांग्रेसले निर्वाचन अधिकृत श्रेष्ठले वताए ।

समानुपातिक अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा तर्फ नेपाली कांग्रेसले सबै भन्दा बढी २१ हजार, त्यसपछि नेकपा एमालेले १४ हजार ८७६, जनता समाजवादी पार्टी (जसपा) नेपाल १० हजार ५४८, नेकपा माओवादी केन्द्र ३ हजार २८३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३ हजार १३९, राष्ट्रिय स्वतन्त्र पार्टी १ हजार ९१५, जनमत पार्टी १ हजार १८८, नागरिक उन्मुक्ति पार्टी ७२९, नेकपा (एकीकृत समाजवादी) २८६, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १७८, लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपाल १५८ मत पाएका छन् । अन्य एक दर्जन जति दलकाे एक सय भन्दा पनि कम मत पाएका छन् ।

यसैगरी प्रदेशसभा तर्फ पनि सबै भन्दा बढी नेपाली कांग्रेस २० हजार ६१०, त्यसपछि नेकपा एमाले १४ हजार ६७७, जसपा १० हजार २२४, माओवादी केन्द्र ३ हजार ४८७, जनमत पार्टी २ हजार २७१, नागरिक उन्मुक्ति पार्टी १ हजार ५३०, नेपाल सुशासन पार्टी ५३४, राप्रपा ४५७, नेकपा एकीकृत समाजवादी ४४१, लाेसपा २८७, नेपाल संघिय समाजवादी पार्टी २१८ र हाम्राे नेपाली पार्टी ११७ मत पाएका छन् ।

यस क्षेत्रमा जम्मा मतदाता संख्या ९० हजार ८५१ रहेपनि प्रतिनिधि सभाकाे समानुपातिक ६२ हजार ३ ८४ मत र प्रदेश सभाकाे समानुपातिक मत ६२ हजार ५९२ मात्र खसेकाे थियाे । जस मध्ये प्रतिनिधि सभा सदस्यकाे ३ हजार २०१ मत र प्रदेश सभा सदस्यकाे  मतमा ३ हजार ७८३ मत बदर भएकाे सुचना अधिकारी सुरेन्द्र यादवले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...