Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

राैतहट १ बाट नेकपा एसका अध्यक्ष नेपाल विजयी

spot_img
spot_img

वीरगंज । रौतहटकाे क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल एमालेका अजय कुमार गुप्तालाई ८ हजार ६ सय मतले पराजित गर्दै विजयी भएका हुन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपालले ३३ हजार ५ सय २२ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी जसपा-एमाले गठबन्धनका उम्मेदवार गुप्ताले २६ हजार ९२२ हजार मत पाएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताए । नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए ।

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे । संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए । पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए ।

‘यो हामीले सोचेभन्दा कम हो । हाम्रा कमी-कमजोरी पनि भएका होलान् । तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने ।

यस अघिकाे निर्वाचनमा नेपाल एमालेबाट काठमाडाैं २ मा विजयी भएका थिए । पार्टीकाे स्पष्ट बहुमत हुँदा हुँदा पनि दुई दुई पटक एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीले संसद विगठन गरेपछि उनी नयाँ दल एकीकृत समाजवादी खाेलेका थिए । 

यसै क्षेत्रका प्रतिनिधि सभाका अर्का उम्मेदवार जनमत पार्टीका राजेन्द्र प्रसाद साह एक हजार ४११ मत, स्वतन्त्र उम्मेदवार राहुल कुमार मिश्र ५५४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सराेज कुमारी ३५३ मत, नेपाल सुशासन पार्टीका रंजित कुमार पटेल ३१८ मत, नेपाल जनता दलका सुबाेध चन्द्र साह २५९ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...