Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

राैतहट १ बाट नेकपा एसका अध्यक्ष नेपाल विजयी

spot_img
spot_img

वीरगंज । रौतहटकाे क्षेत्र नं. १ बाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल एमालेका अजय कुमार गुप्तालाई ८ हजार ६ सय मतले पराजित गर्दै विजयी भएका हुन् ।

बाम लाेकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपालले ३३ हजार ५ सय २२ मत पाउँदा उनका निकटतम् प्रतिद्वन्दी जसपा-एमाले गठबन्धनका उम्मेदवार गुप्ताले २६ हजार ९२२ हजार मत पाएका छन् ।

निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपालले सिद्धान्त र आदर्शमा अघि बढ्ने हो भने वामहरूबीच एकता हुन सक्ने बताए । नेपालले वामको नाममा गलत प्रवृत्ति लिएकाहरूसँग भने एकता सम्भव नभएको बताए ।

उनले अबको सरकार कसको भन्छ भन्ने भन्न नसकिने पनि उल्लेख गरे । संसदीय जितलाई उनले आफ्नो इमान्दारिता र निष्ठाप्रति जनताको विश्वासका रूपमा लिएको बताए । पार्टीको समग्र परिणाम भने सोचेभन्दा कम आएको उनले बताए ।

‘यो हामीले सोचेभन्दा कम हो । हाम्रा कमी-कमजोरी पनि भएका होलान् । तिनलाई अब सुधारेर जानुपर्छ,’ उनले भने ।

यस अघिकाे निर्वाचनमा नेपाल एमालेबाट काठमाडाैं २ मा विजयी भएका थिए । पार्टीकाे स्पष्ट बहुमत हुँदा हुँदा पनि दुई दुई पटक एमाले अध्यक्ष तथा तत्कालिन प्रधानमन्त्री ओलीले संसद विगठन गरेपछि उनी नयाँ दल एकीकृत समाजवादी खाेलेका थिए । 

यसै क्षेत्रका प्रतिनिधि सभाका अर्का उम्मेदवार जनमत पार्टीका राजेन्द्र प्रसाद साह एक हजार ४११ मत, स्वतन्त्र उम्मेदवार राहुल कुमार मिश्र ५५४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सराेज कुमारी ३५३ मत, नेपाल सुशासन पार्टीका रंजित कुमार पटेल ३१८ मत, नेपाल जनता दलका सुबाेध चन्द्र साह २५९ मत पाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...