Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

एमालेकाे टिकट त्यागेर स्वतन्त्र लडेका प्रभु साह विजयी

spot_img
spot_img

वीरगंज । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

नेकपा एमालेले जसपासँग चुनावी गठबन्धन गरेपछि एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका साहलाई सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको उक्त क्षेत्रमा आफ्नो उमेदवारी निष्कृय पार्न नेकपा माओवादी केन्द्रले रविन्द्र पटेललाई निर्देशन दिएको थियो ।

तर पटेलले आफ्नो उमेदवारी कायमै राखे भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र एकीकृत समाजवादीले अर्का स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाललाई समर्थन गरेका थिए ।

जयसवाललाई नेकपा एमालेले समेत समर्थन गरेको थियो । स्वतन्त्र उमेदवार प्रभु साहले त्यस क्षेत्रमा गरेको विकास र जनसेवालाई मूल्यांकन गरे पुन उनलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले विजयी बनाएका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दलको समर्थन पाएका अर्का स्वतन्त्र उमेदवार ओम प्रकास जयसवालले साहसँग फराकिलो मतान्तरमा पराजय भोग्नु परेको छ ।

सवै शक्ति लाग्दा समेत प्रभु साह आफ्नो निर्वाचन क्षेत्रमा बलियो उमेदवारको रुपमा देखिन सफल भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...