Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

एमालेकाे टिकट त्यागेर स्वतन्त्र लडेका प्रभु साह विजयी

spot_img
spot_img

वीरगंज । रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत ल्याए । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।

नेकपा एमालेले जसपासँग चुनावी गठबन्धन गरेपछि एमालेको टिकट त्यागेर स्वतन्त्र रुपमा निर्वाचनमा भाग लिएका साहलाई सत्ता गठबन्धनले सहयोग गर्ने निर्णय गरेको थियो । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीको भागमा परेको उक्त क्षेत्रमा आफ्नो उमेदवारी निष्कृय पार्न नेकपा माओवादी केन्द्रले रविन्द्र पटेललाई निर्देशन दिएको थियो ।

तर पटेलले आफ्नो उमेदवारी कायमै राखे भने सत्ता गठबन्धनका नेपाली कांग्रेस र एकीकृत समाजवादीले अर्का स्वतन्त्र उमेदवार ओमप्रकास जयसवाललाई समर्थन गरेका थिए ।

जयसवाललाई नेकपा एमालेले समेत समर्थन गरेको थियो । स्वतन्त्र उमेदवार प्रभु साहले त्यस क्षेत्रमा गरेको विकास र जनसेवालाई मूल्यांकन गरे पुन उनलाई त्यस क्षेत्रका जनताले भारी मतान्तरले विजयी बनाएका छन ।

नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत समाजवादी लगायत अन्य राजनीतिक दलको समर्थन पाएका अर्का स्वतन्त्र उमेदवार ओम प्रकास जयसवालले साहसँग फराकिलो मतान्तरमा पराजय भोग्नु परेको छ ।

सवै शक्ति लाग्दा समेत प्रभु साह आफ्नो निर्वाचन क्षेत्रमा बलियो उमेदवारको रुपमा देखिन सफल भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...