Date
मङ्ल, असार २३, २०८३
Tue, July 7, 2026

बारा ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी

spot_img
spot_img

वीरगंज । बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा समाजवादीका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका सांझा उम्मेदवार श्रेष्ठ एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिले सम्म प्राप्त मत नै पर्याप्त रहेको बताए । ‘प्रत्यक्ष तर्फको गणनाको आधारमा श्रेष्ठ फराकिलो मतले प्रतिनिधिसभामा विजयी हुनु भएको छ,’ उनले भने, ‘तर औपचारिक प्रमाणपत्र भने अन्तिम मत परिणाम आएपछि दिइनेछ ।’ 

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।

श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत पाउँदा मियाँले १३ हजार ८ सय ६३ मत मात्र प्राप्त गरेका छन् । मियाँ यस अघि निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन राजपा एवम् हालका लोसपाबाट संघिय संसदमा निर्वाचित भएका थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।            

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सांसद पन्तको आरोप : प्रहरीकै मिलेमतोमा नेपालीलाई क्यासिनो प्रवेश, तस्करी रोक्न पनि असफल

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य (सांसद) हरि पन्तले गृह जिल्ला पर्साको प्रहरी प्रशासनमाथि गम्भीर प्रश्न उठाउँदै क्यासिनोमा नेपालीहरूको गैरकानुनी...

पर्सामा कारबाट १०२ केजीभन्दा बढी गाँजा बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले १०२ केजी ६३८ ग्राम गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गाँजा ओसारपसारमा प्रयोग गरिएको भारतीय नम्बर प्लेटको कारसमेत...

जगरनाथपुर–३ जमुनियामा नवनिर्मित प्रवेशद्वार उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–३, जमुनिया गाउँको प्रवेशस्थलमा निर्माण गरिएको पक्की स्वागत प्रवेशद्वार (गेट) को सोमबार उद्घाटन गरिएको छ । पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति...