Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

बारा ४ मा नेकपा एसका कृष्ण कुमार श्रेष्ठ विजयी

spot_img
spot_img

वीरगंज । बाराकाे निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा समाजवादीका कृष्ण कुमार श्रेष्ठ विजयी भएका छन् । ५ दलिय बाम लाेकतान्त्रिक गठबन्धनका सांझा उम्मेदवार श्रेष्ठ एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।

निर्वाचन अधिकृत कृष्णबहादुर राईले प्रत्यक्ष तर्फको केही मत समानुपातिकको पेटिकामा खस्न गएकाले त्यसको गणना गर्न बाँकी भए पनि जितको लागि श्रेष्ठलाई अहिले सम्म प्राप्त मत नै पर्याप्त रहेको बताए । ‘प्रत्यक्ष तर्फको गणनाको आधारमा श्रेष्ठ फराकिलो मतले प्रतिनिधिसभामा विजयी हुनु भएको छ,’ उनले भने, ‘तर औपचारिक प्रमाणपत्र भने अन्तिम मत परिणाम आएपछि दिइनेछ ।’ 

पूर्व श्रम मन्त्रीसमेत रहेका श्रेष्ठ एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । व्यापारी पृष्ठभूमिका श्रेष्ठ तनहुँका हुन् । उनी यसअघि तनहुँबाट नेकपा एमालेबाट प्रत्यक्षतर्फ संघीय संसदमा विजयी भएका थिए ।

श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका एकवाल मियाँलाई पराजित गरी विजयी भएका हुन् । श्रेष्ठले २० हजार २ सय ९१ मत पाउँदा मियाँले १३ हजार ८ सय ६३ मत मात्र प्राप्त गरेका छन् । मियाँ यस अघि निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन राजपा एवम् हालका लोसपाबाट संघिय संसदमा निर्वाचित भएका थिए । यसपालि एमालेमा प्रवेश गरी उनी चुनावी मैदानमा थिए ।            

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...