Date
शुक्र, असार १२, २०८३
Fri, June 26, 2026

मधेश प्रदेश मै सबभन्दा पहिला पर्सा ४ काे मतगणना सम्पन्न

spot_img
spot_img

वीरगंज । मधेश प्रदेश मै सब भन्दा पहिला पर्सा क्षेत्र नं. ४ काे प्रत्यक्ष तर्फकाे मतगणना सम्पन्न भएकाे छ । पाेखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माविमा जारि प्रत्यक्ष तर्फकाे मतगणना मधेश प्रदेश मै सबभन्दा पहिला पर्सा क्षेत्र नं. ४ काे बुधबार विहान सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले जनाएकाे छ ।

साेमबार दिउसाे ५ बजेदेखि सुरु भएकाे क्षेत्र नं. ४ काे प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे मतगणना बुधबार विहान ३६ घण्टापछि सम्पन्न भएकाे हाे ।

यस क्षेत्र अन्तर्गतकाे प्रदेशसभा सदस्यहरुकाे प्रत्यक्ष तर्फकाे मतगण मंगलबार सांझ नै सम्पन्न भएकाे थियाे भने जारी प्रतिनिधिसभा सदस्यकाे प्रत्यक्ष तर्फकाे मतगणना बुधाबार विहान सम्पन्न भएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले वताए । हाल समानुपातिक तर्फकाे मतगणना जारी रहेकाे सुचना अधिकारीले जानकारी दिए ।

मधेश प्रदेश मै सब भन्दा पहिला क्षेत्रकाे प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे प्रत्यक्ष तर्फकाे अन्तिम नतिजा दिन सफल भएकाे क्षेत्र नं. ४ का निर्वाचन अधिकृत रमेश श्रेष्ठले वताए । श्रेष्ठ उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजका उप रजिष्टार हुन् ।

यस क्षेत्रमा ९० हजार ८ सय ५१ मतदाता रहेपनि ६२ हजार ७ सय ७१ अर्थात ६९.४० प्रतिशत मत मात्र खसेका थियाे । यस क्षेत्रकाे प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल, प्रदेश सभा क्षेत्र नं. ४ काे १ मा कांग्रेस कै शंकर चाैधरी र क्षेत्र नं. ४ काे २ मा जसपाका सिंगासन सा कलवार विजयी भएका छन् ।

तिनै जनालाई एकै पटक समानुपातिक तर्फकाे मतगणना सम्पन्न भए पश्चात प्रमाण पत्र वितरण गरिने निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतियाको निधन

वीरगंज । पर्साको कालिकामाई गाउँ कार्यपालिका सदस्य चनरजोतिया दुसादिनको असामयिक निधन भएको छ । कालिकामाई गाउँपालिकाले जारी गरेको शोक विज्ञप्तिअनुसार कार्यपालिका सदस्य दुसादिनको बुधबार राति...

प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने निर्णय फिर्ता लिन आम जनता पार्टी (आजपा)ले माग गरेको छ । आजपा...

वीरगंजमा हैजा पूर्वतयारी सुदृढीकरण कार्यशाला सुरु, महामारी नियन्त्रणमा समन्वय र तयारीमा जोड

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा “हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ तथा अनुभव...