Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्सा ३ र ४ काे मतगणना पनि सुरु, कहाँ कहाँकाे मतपेटिका खाेलियाे ?

spot_img
spot_img
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ काे मतगणना पनि सुरु भएकाे छ । पाेखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माविमा दुबै क्षेत्रकाे प्रत्यक्ष तर्फकाे मतगणना सुरु भएकाे हाे । 
 
सुरुमा प्रतिनिधिसभा क्षेत्र नं. ४ काे छिपहरमाई गाउँपालिका वडा नं. ५, प्रदेशसभा क्षेत्र नं. ४ (१) काे ठाेरी गाउँपालिका वडा नं. ४ र प्रदेशसभा क्षेत्र नं. ४(२) काे छिपहरमाई गाउँपालिका वडा नं. ५ काे मतपेटिका मतगणनाकाे लागि खाेलिएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले जनाएकाे छ ।
 
यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रत्यक्ष तर्फ प्रतिनिधिसभाकाे बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुर र प्रदेशसभा क्षेत्र नं. १ ३(१) काे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ काे मतपेटिका मतगणनाकाे लागि खाेलिएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ३ ले जनाएकाे छ । प्रदेशसभा क्षेत्र नं. ३(२) काे मतगणकाे लागि पनि मतपेटिका खाेल्नकाे लागि पक्रियामा रहेकाे छ ।
 
दुबै क्षेत्रकाे मतगणना विहान ११ बजेदेखि गर्न भनिएपनि ५ घण्टा ढिलाे ४ बजेदेखि सुरु भएकाे हाे । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...