Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

पर्सा ३ र ४ काे मतगणना पनि सुरु, कहाँ कहाँकाे मतपेटिका खाेलियाे ?

spot_img
spot_img
वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ र ४ काे मतगणना पनि सुरु भएकाे छ । पाेखरियास्थित श्री जिल्ला उच्चांगल रामदेव कलवार माविमा दुबै क्षेत्रकाे प्रत्यक्ष तर्फकाे मतगणना सुरु भएकाे हाे । 
 
सुरुमा प्रतिनिधिसभा क्षेत्र नं. ४ काे छिपहरमाई गाउँपालिका वडा नं. ५, प्रदेशसभा क्षेत्र नं. ४ (१) काे ठाेरी गाउँपालिका वडा नं. ४ र प्रदेशसभा क्षेत्र नं. ४(२) काे छिपहरमाई गाउँपालिका वडा नं. ५ काे मतपेटिका मतगणनाकाे लागि खाेलिएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ४ ले जनाएकाे छ ।
 
यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. ३ को प्रत्यक्ष तर्फ प्रतिनिधिसभाकाे बहुदरमाई नगरपालिका वडा नं. ९ बिश्रामपुर र प्रदेशसभा क्षेत्र नं. १ ३(१) काे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ६ काे मतपेटिका मतगणनाकाे लागि खाेलिएकाे निर्वाचन अधिकृतकाे कार्यालय क्षेत्र नं. ३ ले जनाएकाे छ । प्रदेशसभा क्षेत्र नं. ३(२) काे मतगणकाे लागि पनि मतपेटिका खाेल्नकाे लागि पक्रियामा रहेकाे छ ।
 
दुबै क्षेत्रकाे मतगणना विहान ११ बजेदेखि गर्न भनिएपनि ५ घण्टा ढिलाे ४ बजेदेखि सुरु भएकाे हाे । 
spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...