Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

पर्सा १ र २ काे मतगणना सुरु, ३ र ४ काे पनि सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो देखि शुरु भएको छ । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको प्रत्यक्ष तर्फकाे प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको एकै पटक मतगणना दिउँसो १.३० बजे देखि शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

विहान ९ बजे बसेकाे सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्न निर्णय गरेपनि त्यसकाे केही घण्टा ढिलाे मात्र मतगणना सुरु भएकाे हाे । सुरुमा क्षेत्र नं. १ काे वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट मत गणना शुरु गरिएको छ । जुन वडामा क्षेत्र नम्बर १ कै सबैभन्दा धेरै मत खसेको छ । त्याहाँ ५ हजार १ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । 

क्याम्पसको मतगणना स्थलमा पर्सा १ र २ को गरि ६ वटा कोठामा मतगणना शुरु गरिएको उनले बताए । पर्सा ३ र ४ को मतगणना पनि केहि बेर मै शुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा तोकिएको छ ।

पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिशत मतदान भएको थियो ।

पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...