Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पर्सा १ र २ काे मतगणना सुरु, ३ र ४ काे पनि सुरु हुँदै

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ र २ को मतगणना सोमबार दिउसो देखि शुरु भएको छ । वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा दुवै क्षेत्रको प्रत्यक्ष तर्फकाे प्रतिनिधीसभा र प्रदेशसभा सदस्यको एकै पटक मतगणना दिउँसो १.३० बजे देखि शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले जानकारी दिए ।

विहान ९ बजे बसेकाे सर्वदलीय बैठकले विहान ११ बजेदेखि मतगणना सुरु गर्न निर्णय गरेपनि त्यसकाे केही घण्टा ढिलाे मात्र मतगणना सुरु भएकाे हाे । सुरुमा क्षेत्र नं. १ काे वीरगंज महानगरपालिका वडा नम्बर १६ बाट मत गणना शुरु गरिएको छ । जुन वडामा क्षेत्र नम्बर १ कै सबैभन्दा धेरै मत खसेको छ । त्याहाँ ५ हजार १ सय ९४ मत खसेको प्रमुख निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए । 

क्याम्पसको मतगणना स्थलमा पर्सा १ र २ को गरि ६ वटा कोठामा मतगणना शुरु गरिएको उनले बताए । पर्सा ३ र ४ को मतगणना पनि केहि बेर मै शुरु गर्ने तयारी भइरहेको उनले जानकारी गराए । पर्सा ३ र ४ को मतगणनास्थल पोखरीया नगरपालिका ४ पोखरीया स्थित जिल्ला उच्चांगल रामदेव प्रसाद कलवार माविमा तोकिएको छ ।

पोखरेलका अनुसार , पर्सा जिल्लाका ४ वटै प्रतिनिधि सभा र ८ वटै प्रदेशसभा निर्वाचन क्षेत्र गरि ६९ प्रतिशत मतदान भएको थियो ।

पर्सा जिल्लामा १ लाख ९४ हजार ९ सय ४ पुरुष, १ लाख ५१ हजार ८ महिला र अन्य १६ गरी कुल मतदाता ३ लाख ४५ हजार ९ सय २८ जना रहेकोमा आइतबार भएको निर्वाचनमा २ लाख ३८ हजार ५४ जना मतदाताले मतदान गरेका हुन् । जिल्लाका ४ वटै प्रतिनिधि सभा र प्रदेशसभा सदस्य गरि कुल १ सय ६१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...