Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

६० वर्षमा कसैले गर्न नसकेको काम मैले ३ वर्षमा पूरा गरेँ : प्रभु साह

spot_img
spot_img

वीरगंज । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहले ६० वर्षमा कसैले गर्न नसकेको काम आफूले ३ वर्षमै पूरा गरेको दाबी गरेका छन् । सोही कामका आधारमा आफूलाई जनताले फेरि मत दिने उनको विश्वास छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन बिहीबार मौलापुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफूले निर्वाह गरेको भूमिका मूल्यांकन गरेर क्षेत्रवासी जनताले आफू र आफ्नो टिमका उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गरे ।

उनले २०७४ को निर्वाचनमा आफूलाई ५ वर्षको निमित्त संघीय सांसदका रुपमा जनताले जिम्मेवारी दिएको तर तर दलगत लडाइँका कारण ३ वर्षमै सांसद पद गुम्दा पनि आफूले छोटो अवधिमै उदाहरणीय काम गरेको दाबी गरे

आफू सहरी विकास मन्त्री हुँदा क्षेत्र नम्बर ३ का साथै समग्र रौतहटमा करोडौंको योजना स्वीकृत गरेको उनको भनाई छ । १२ करोडको लागतमा जंगलसहिया धनसर रोडमा कालोपत्रे निर्माण भइरहेको, ५ करोडको लागतमा टिकुलिया, कर्कच कटहरिया सडकखण्डमा कालोपत्रे निर्माणाधीन, २० करोड लागतमा मालाही कटहरिया, सन्तपुर सडकमा कालोपत्रे निर्माण र १२ करोडको लागतमा सोही रोडमा लचका र पुल निर्माण भएको उनले सुनाए ।

त्यसैगरी ७ करोडको लागतमा कटहरिया झांझपुल सडकको कालोपत्रे टेण्डर, १२ करोडको लागतमा कटहरिया ४ र ५ मा खानेपानी योजनाको काम, एसियाली विकास बैंकको ५६ करोडको टेण्डरमा दुवै वडामा ढल तथा नाला निर्माणको काम भइरहेको उनको भनाइ छ । कटहरिया लगायत रौतहटलाई मोडलका रुपमा विकास गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...