Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

६० वर्षमा कसैले गर्न नसकेको काम मैले ३ वर्षमा पूरा गरेँ : प्रभु साह

spot_img
spot_img

वीरगंज । पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रभु साहले ६० वर्षमा कसैले गर्न नसकेको काम आफूले ३ वर्षमै पूरा गरेको दाबी गरेका छन् । सोही कामका आधारमा आफूलाई जनताले फेरि मत दिने उनको विश्वास छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन बिहीबार मौलापुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफूले निर्वाह गरेको भूमिका मूल्यांकन गरेर क्षेत्रवासी जनताले आफू र आफ्नो टिमका उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गरे ।

उनले २०७४ को निर्वाचनमा आफूलाई ५ वर्षको निमित्त संघीय सांसदका रुपमा जनताले जिम्मेवारी दिएको तर तर दलगत लडाइँका कारण ३ वर्षमै सांसद पद गुम्दा पनि आफूले छोटो अवधिमै उदाहरणीय काम गरेको दाबी गरे

आफू सहरी विकास मन्त्री हुँदा क्षेत्र नम्बर ३ का साथै समग्र रौतहटमा करोडौंको योजना स्वीकृत गरेको उनको भनाई छ । १२ करोडको लागतमा जंगलसहिया धनसर रोडमा कालोपत्रे निर्माण भइरहेको, ५ करोडको लागतमा टिकुलिया, कर्कच कटहरिया सडकखण्डमा कालोपत्रे निर्माणाधीन, २० करोड लागतमा मालाही कटहरिया, सन्तपुर सडकमा कालोपत्रे निर्माण र १२ करोडको लागतमा सोही रोडमा लचका र पुल निर्माण भएको उनले सुनाए ।

त्यसैगरी ७ करोडको लागतमा कटहरिया झांझपुल सडकको कालोपत्रे टेण्डर, १२ करोडको लागतमा कटहरिया ४ र ५ मा खानेपानी योजनाको काम, एसियाली विकास बैंकको ५६ करोडको टेण्डरमा दुवै वडामा ढल तथा नाला निर्माणको काम भइरहेको उनको भनाइ छ । कटहरिया लगायत रौतहटलाई मोडलका रुपमा विकास गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...