Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

एमालेले साेध्याे बसरुदिनलाई स्पष्टिकरण

spot_img
spot_img

वीरगंज । नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य बसरुदिन अंसारीलाई एमाले पार्टीका उम्मेदवार विरुद्धमा प्रचार प्रसार गरेको आरोपमा स्पष्टिकरण सोधिएको छ । अंसारी पार्टीको अधिकारीक उम्मेदवारको विरोधमा प्रचार प्रसार जस्ता गतिविधि गरेको आरोपमा मधेश प्रदेश कमिटि स्पष्टिकरण सोधेको हो ।

पार्टीको एक जिम्मेदवार व्यतिmबाट पार्टीको उम्मेदवार विरुद्ध लाग्नु के उचित हो ? वास्तविकता के हो ? यसको जवाफ दुई दिन भित्र पेश गर्न एमाले् प्रदेश कमिटिका अध्यक्ष रामअवतार यादवले स्पष्टिकरण पेश गर्न पत्र जारी गरेका छन । उनका अनुसार ४८ घण्टा भित्रमा स्पष्टिकरणको जवाफ नआएको खण्डमा आवश्यक कारवाही प्रक्रिया अगाडी बढाईनेछ ।

एमाले नेता अंसारी आफ्नो पार्टीका उम्मेदवारलाई नभई आफ्नो सामुदायको व्यतिmलाई निर्वाचित गराउने गरी प्रचार प्रसारमा हिडेको आरोप छ । उनी विगत एक महिना देखि एमाले जसपा गठबन्धनको अधिकारिक उम्मेदवारको विरुद्धमा प्रचार प्रसारमा लाग्दै आएका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...