Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईमा एमाले-जसपा गठबन्धनकाे काेण सभा सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीमा मंगलबार सांझ एमाले-जसपा गठबन्धनकाे काेण सभा सम्पन्न भएकाे छ ।

काेण सभालाई सम्बाेधन गर्दै प्रदेशसभा पर्सा क्षेत्र नं. ४ काे २ का उम्मेदवार सिंगासन सा कलवारले एमाले-जसपा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । उनले यस अघिकाे कार्यकालमा आफुले क्षेत्र अन्तर्गतकाे सबै वडामा विकाश निर्माणकाे काम गरेकाे दाबी गरे ।

जसपाका नेता समेत रहेका उम्मेदवार कलवारले अबकाे प्राथमिकता शिक्षा, स्वास्थ्य, कृषी र राेजगार भएकाे वताए । उनले अधुरा काम पुरा गर्न र शिक्षा, स्वास्थ्य, कृषि तथा युवाकाे राेजगारकाे लागि काम गर्न आफुलाई पुन: निर्वाचित गराउनु पर्ने मतदातासंग आग्रह गरेका थिए ।

काेणसभा पर्सा क्षेत्र नं. ४ काे प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँ, एमालेका मधेश प्रदेश कमिटी सदस्य बलिराम साह, जसपाका नेता अरमान खाँ लगायतकाले मन्तव्य राखेका थिए । कार्यक्रममा टिकटक स्टार प्रिति पासवानकाे समुहले नृत्य समेत प्रस्तुत गरेकाे थियाे । 

यसैगरी कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ कट्टी बलुवामा समेत एमाले-जसपा गठबन्धनकाे काेण सभा सम्पन्न भएकाे छ ।

जसपाका कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश कलवारकाे अध्यक्षतामा भएकाे काेण सभामा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार जालिम मियाँ, क्षेत्र नं. ४ काे २ का प्रदेशसभा सदस्यका उम्मेदवार सिंगासन साह कलवार, हिंमाचल कुशवाहा, अरमान खाँ, ताजिन्द्र साह, हरिओम साह कलवार लगायतकाले मन्तव्य राखेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...