Date
आइत, असार २१, २०८३
Sun, July 5, 2026

पर्सेली जनताको आवाज उठाउने नेता चुन्न प्रदिप यादवकाे आग्रह

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले पर्सेली जनताको आवाज उठाउने नेता चुन्न मतदाताहरुसँग अनुरोध गरेका छन् । 

वीरगंज महानगरपालिकाकाे वडा नम्बर ३० को लालपर्सा र प्रसूतीपुरमा मंगलबार घरदैलो गर्ने क्रममा मतदाताहरुलाई भेट्दै जसपा-एमाले गठबन्धनका साझा उम्मेदवार यादवले जनताको समस्या संसदमा राख्न सक्न नेतालाई चुन्न आग्रह गरे । 

पूर्वमन्त्री समेत रहेका यादवले भने, ‘म भन्दा अघि पनि यो क्षेत्रबाट धेरै सांसदहरु जितेका थिए, तर उनिहरुले यो क्षेत्र र पर्सावासीको समस्या बारे संसदमा बोल्न हिम्मतसमेत गरेनन् । यद्दपी मैले विगत ५ वर्षको कार्यकालमा पर्साका एकएक समस्या संसदमा उठाए, पर्सावासीको आवाज संसदमा बुलन्द गरे । त्यसैले तपाइहरुसँग अनुरोध छ यसपालि पनि यहाको समस्या संसदमा उठाउने नेतालाई नै चुन्नु होला ।’ 

एसिड पिडित मुस्कान खातुनको न्यायका लागि आफूले सदनमा पटक-पटक आवाज उठाएकै कारण उनले न्याय पाएको स्मरण गराउँदै जसपाको राजनीति समितिका सदस्यसमेत रहेका यादवले भने, ‘मुस्कान खातुन जो हाम्रै वीरगञ्जकी चेली हुन्, उनको न्यायका लागि मैले पटक-पटक संसदमा आवाज उठाए, जसका कारण राज्यले उनलाई न्याय दियो ।’ 

पर्सा क्षेत्र नम्बर १ मा यसअघि सांसदमा जितेका र अहिले स्वतन्त्र उम्मेदवार बनेका अजय द्विवेदीले आफनो कार्यकालमा के के काम गरे ? त्यो जनता सामु छर्लङग नै रहेको भन्दै यादवले भने, ‘द्विवेदी जी एक पटक सांसदमा जिते, एक पटक वीरगञ्जको उपमेयर पनि बने । उनले पदमा रहँदा के के काम गरे ? मैले एक पटक सांसदमा जित्दा के के काम गरे ? त्यसको मूल्याङ्कन जनताले गर्ने बेला आएको छ । कामको मूल्याङ्कन र तुलना गरेर मत दिन तपाईहरुसँग अनुरोध छ ।’ 

यादवले यसपालि चुनाव जिते पछि आगामी ५ वर्षको कार्यकालमा पर्सा क्षेत्र नम्बर १ मा  कहीँ पनि कच्ची सडक नरहने र सबै सडक पक्की बनाउने वाचा पनि मतदाताहरुसँग गरे । 

विगत ५ वर्षको कार्यकालमा आफूले अधिकतम कामहरु गरेको भन्दै यादवले अझ पनि धेरै काम गर्न बाँकी रहेकाले ती कामहरु अबको कार्यकालमा गर्ने प्रतिबद्धता जनाए । 

घरदैलोमा जसपा–एमाले गठबन्धनबाट प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादवका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर समितिको सदस्यमा महसिन राजा मनोनित भएका छन् । वीरगंज महानगर समितिका सभापति दीपराज पटेलले उनलाई महानगर कार्यसमितिको...

ई–स्कुटर आगलागी प्रकरण : प्रशासनले बाेलाउँदा पनि आएन कुशवाहा मोटर्स

वीरगंज । कुशवाहा मोटर्स वीरगंजले जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनसमेत बेवास्ता गरेको आरोप लागेको छ । केही दिनअघि कुशवाहा मोटर्सबाट खरिद गरिएको एउटा ई–स्कुटरमा...

वीरगंज–३ मा रक्तदान कार्यक्रम, एक महिलासहित २२ जनाले गरे रक्तदान

वीरगंज । अत्यधिक गर्मीका कारण अस्पतालहरूमा रगतको माग बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका–३ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वडा नं....