Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

शिखर इन्स्योरेन्सकाे वाषिर्कोत्सवमा रक्तदान कार्यक्रम

spot_img
spot_img

वीरगंज । शिखर इन्स्योरेन्सको १८ औ वाषिर्कोत्सवको अवसरमा आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

शिखर इन्स्याेरेन्स वीरगंज शाखाकाे आयाेजनामा भएको कार्यक्रममा कार्यक्रममा १ महिला सहित ५३ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।

कार्यक्रममा श्रीराम पटेल, ब्रिजेश यादव, पवल साह तेली, चन्दन श्रीवास्तव, मुकेश गिरि, रोशनी कर्ण, सानू बैठा, राजेस कुमार सहनी लगायत पन्टर ११ क्रीकेट टिम, बिमा प्राधिकरण कर्मचारी र अन्य बैंक तथा इन्स्योरेन्सका कर्मचारीहरुले रगतदान गरेका हुन् ।

इन्स्योरेन्सका मधेश प्रदेशका प्रमुख सुरेश चन्द गुप्ताको सभापतित्व र इन्स्योरेन्सका महाप्रबन्धक पुष्कर महतकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा रक्तदान गर्नेहरुलाई कार्यक्रमका अतिथीहरु नितेस दास, काजल ढुङेल, चन्दन श्रीवास्तव लगायतले प्रमाण पत्र वितरण गरेका थियो ।

कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका सौरभराज पाण्डेय नेतृत्वकाे टोलिले प्राबिधिक सहयोग गरेको थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...