Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा बेन्च प्रेस प्रतियोगिता सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंजमा बेन्च प्रेस प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । पब्लिक फिटनेस सेन्टरको आयोजनामा भएकाे प्रतियाेगितामा महिला र पुरुष गरि दुई समुहले भाग लिएका थिए ।

वीरगंजमा सम्भवतः पहिलो पटक खुल्ला ठाउँमा बेन्च प्रेस प्रतियोगिता र त्यसमा पनि महिलाहरूको सहभागीतामा पहिलो कार्यक्रम रहेको पब्लिक फिटनेस सेन्टरका सञ्चालक करण यादवले बताए ।

वीरगंजकाे माइस्थान पार्कमा आयोजना गरिएको प्रतियोगितामा महिला तर्फ रबिता श्रेष्ठ, रेशमा खातुन, सम्रिधी पटेल र पुरुष तर्फ सन्नी उपाध्याय, रबि कान्त दुवे सुधिर कुमार साह, राहुल कुमार कलवार, खालिद हुसेन, आसिफ अंसारी, सोहेल खान, सागर गुप्ता, धिरज रोए, अकरम हुसेन, सुमित पटेल, अमित पटेल, विजय राम, विशाल यादव, अस्तफाक आलम, इन्द्रजित महतो, बब्लु सरार्फ, रोशन साह, प्रेम सरार्फ, धिरजले खेल प्रतियोगितामा भाग लिएका थिए ।

सहभागीहरु मध्ये महिला तर्फ २० किलोमा रेशमा खातुन प्रथम र पुरुष तर्फ १०० किलोमा अकरम हुसेन प्रथम र दोस्रो प्रेम कलवार भएका हुनु ।

सेन्टरका सञ्चालक यादवको सभापतित्व र वरिष्ठ उधोगी, साहित्यकार र खेलप्रेमी गणेश लाठकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगितामा वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ल, नेतृ सुष्मा तिवारी, समाजिक अभिन्ता राजन श्रीवास्तव, अनिश कान्त कुश्वाहा लगायतको उपस्थित रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...