Date
मङ्ल, अशोज २७, २०८३
Tue, October 13, 2026

पूर्व मेयर धर्मेन्द्र पटेल, प्रभु साहकाे स्वतन्त्र जिताउ अभियानमा

spot_img
spot_img
वीरगंज । जनता समाजवादी पार्टी (जसपा) राैतहटका अध्यक्ष एवम् देवाही गाेनाही नगरपालिकाका पूर्व मेयर धर्मेन्द्र पटेल पार्टी परित्याग गरि पूर्व मन्त्री प्रभु साह नेतृत्वकाे स्वतन्त्र जिताउ अभियानमा प्रबेश गरेका छन् ।
 
राैतहट क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार समेत रहेका पूर्व मन्त्री साहले एक भव्य कार्यक्रमका बिच पूर्व मेयर पटेललाई फुल माला र अबिरकाे टिका लगाई अभियानमा स्वातगत गरेका हुन् । 
 
अभियानमा प्रबेश गर्दै नेता पटेलले जसपा आफ्नाे बिचार र सिद्धान्तबाट बिचल्लीत भएकाे र नागरिकता विधेयक प्रमाणिकरण गर्न नदिने पार्टीसंग गठबन्धन गरेका कारण पार्टी परित्याग गरेकाे वताए । उनले राैतहट जिल्लालाई समृद्ध बनाउन हाताेमालाे गरी साथै अघि बढन प्रभु साह नेतृत्वकाे स्वतन्त्र जिताउ अभियानमा लागेकाे वताए । 
 
कार्यक्रममा पटेल नेतृत्वमा जिल्ला कार्यकारणी सदस्य, जसपा नगर कमिटी देवाही गोनाहीका नगर अध्यक्ष एवम् नेता महेश यादव, बिरेन्द्र साह, लालबाबु यादवसहित जसपाका सयाैं स्थानीय नेताकार्यकर्ताहरू पनि पार्टी परित्याग गरी पूर्वमन्त्री प्रभु साहकाे स्वतन्त्र जिताउ अभियानमा प्रवेश गरेकाे अशाेक पटेलले जानकारी दिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको तेस्रो दिन गहवामाई मन्दिरमा भक्तजनको घुइँचो

बीरगंज । नवरात्रको तेस्रो दिन आज बीरगंजस्थित प्रसिद्ध धार्मिकस्थल गहवामाई मन्दिरमा दर्शन तथा पूजाआराधना गर्न आउने भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि मन्दिरमा श्रद्धालुहरूको उल्लेख्य...

नवरात्रको तेस्रो दिनः चन्द्रघण्टा देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले...

मानवसेवा आश्रममा भोजन गराएर हाम्रो नेपाल दैनिकले मनायो छैटौँ वार्षिकोत्सव

वीरगंज । हन्ट नेपाल मिडिया प्रा. लि.द्वारा सञ्चालित हाम्रो नेपाल दैनिकले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा मानवसेवा आश्रम, वीरगंजमा आश्रितहरूलाई भोजन गराएर वार्षिकोत्सव मनाएको छ...