Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

भ्रष्ट सरकारबाट उन्मुक्ति पाउन एमालेलाई मतदान गर्न नेता गुप्ताको आग्रह

spot_img
spot_img

वीरगंज । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले भ्रष्टचारी सरकार र यो ठग गठबन्धनबाट देश र जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा एमालेलाई मतदान गरी विजयी गराउन आग्रह गरेका हुन्  ।

नेकपा एमाले बहुदरमाई नगर कमिटीको आयोजनामा गरिएको घरदैलो कार्यक्रममा नेता गुप्ताले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको सरकार हुनुपर्ने ठहर गर्दै एमाले मै आफ्नो अमूल्य मत दिन मतदाताहरुसँग आग्रह गरे ।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले वर्तमान सरकार मात्र भ्रष्टचारमा लिप्त भएर ठहर गर्दै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए त्यसैले आउँदो ४ गते हुने निर्वाचनमा नेकपा एमालेमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।

पर्साको क्षेत्र नम्बर ३ जस्तै देशै भरी नेकपा लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने दाबी गरे ।

शुक्रबार बहुदरमाई नगरपालिकाको राम्नगरी, फुलकवल र गोवरथावला लगायतको गाउँमा सयौंको संख्यामा नेता गुप्ताले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...