Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

ठगेराहरुकाे प्रलाेभन काम लाग्दैन् : रमेश कुर्मी

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नं. २ काे (२) का प्रदेशसभा सदस्यका उम्मेदवार रमेश कुर्मीले बाम गठबन्धन अहिले मुलुकको आवश्यकता भएकाे बताएका छन् । चुनावी प्रचार प्रसार अभियानकाे क्रममा संचारकर्मीहरुसंग कुरा गर्दै कुर्मीले प्रदेश एवं संघ सहित मुलुकमा बाम गठबन्धनको आवश्यकता रहेको बताए ।

यही मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा मुलुक भरि नै बाम गठबन्धन विजयी भइरहेको दाबी गर्दै मुलुकलाई हाक्नका लागि बाम गठबन्धनको विकल्प नरहेको बताए । उनले आफ्नो क्षेत्रमा आफू अत्याधिक मतका साथ विजयी भइरहेको दाबी गरे । उनले भने ‘जनताले बुझि सक्या छ, मुलुकमा बाम गठबन्धनको आवश्यकता छ र बाम गठबन्धनलाई नै जिताउँछौ’ भन्ने जनताहरुको प्रतिबद्धताबाट आफू सन्तुष्ट रहेको बताए ।

गत निर्वाचनमा आफू यही क्षेत्रबाट निर्वाचित भएर जनतामा गरेको लगानीको प्रतिफल अहिले प्राप्त भइरहेको भन्दै कुर्मीले भने ‘जनतामा मैले जुन लगानी गरेको छु, जुन विकास गरेको छु, त्यसको प्रतिफल अहिले आफूले पाइरहेको छु’ र पुनः यस पटकको निर्वाचनमा विजयी भए अझ विकास गर्ने जनताले लिएको आशा पनि पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रत्येक क्षेत्रका जनता आफूलाई निर्धक्क भएर सहयोग गरि रहेको उनको भनाई थियाे ।

संविधान निर्माणको क्रममा आफू पनि संविधान सभा सदस्य रहेको बखत मधेशका केही खास खास बुंदाहरु राखिएको छ, जसलाई परिमार्जन गर्न आवश्यक छ, र त्यसप्रति आफू लगायत आफ्नो पार्टी लागि परेको बताए । मुलुकको साझा दस्तावेज भनेकै संविधान हो, र त्यसमा हामी सबै अट्ने गरि नीति तथा दस्तावेज हुनुपर्ने हाम्रो माग थियो तर केही मागहरु अझै पनि पुरा हुन सकेको छैन, त्यसलाई पुरा गर्ने तर्फ आफ्नो पार्टी लागि परेको बताए ।

मधेशलाई भजाएर सत्तामा जाने काम आफू लगायत आफ्नो पार्टीले कहिले पनि नगरेको भन्दै जनतालाई ठग्ने, जनतामाथि भार थुपार्ने काम आफ्नो राष्ट्रिय नेता महन्थ ठाकुरले कहिले नगरेकोले आफ्नो राष्ट्रिय नेतामाथि गर्भ गर्ने अवस्था रहेको बताए । आफ्नो क्षेत्रको हकमा आफ्नो कसैसँग लडाई नै नरहेको भन्दै उत्साह पूर्वक जनताहरुले आफूलाई अत्याधिक मतका साथ विजयी गराउनेमा आफू विश्वस्त रहेको बताए ।

जनताहरुले बुझि सक्या छन्, ठगेराहरुको प्रलोभनमा परे पुनः ठगिने छ, त्यसैले दुई वटा ठगेराबाट बाँचे नेपाल नै बन्ने उनको भनाई छ । जसको राजीतिक पृष्ठभूमि नै छैन, त्यस्तोबाट विकासको के आश गर्ने भन्दै कुर्मीले यस पटकको निर्वाचनमा जनताहरुले आफूलाई अत्याधिक बहुमतका साथ विजयी गराई इतिहास कायम गर्ने बताए ।

निर्वाचन नजिकिएसँगै मतदातालाई धम्की दिने, पैसाको प्रलोभन दिने, जागिरको प्रलोभन दिने जस्ता कामहरु भइरहेको छ, यो संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको खतरा हो, यसलाई हामी सबैले रोक्नुपर्छ भन्दै उदाहारणको लागि महानगरपालिका अहिले म्यादी प्रहरी झै भर्नाको केन्द्र विन्दु बनेको आरोप लगाए ।

उनले भने ‘निर्वाचनमा केही युवाहरुलाई प्रयोग गर्नका लागि भगवानको प्रसाद जस्तै जागिर बाँटी रहेको अवस्था छ, युवाहरुलाई केही दिनको लागि राजनीति नियुक्ति गरि भविष्य अन्यौलमा पार्ने काम भइरहेको छ, यो सरासर गलत हो, यसलाई तत्काल रोक्नुपर्ने उनको भनाई छ ।

आज प्रत्येक वडाको विकासे बजेट कटौती गरिएको छ, किन भने निर्वाचना दुई चार सय युवाहरुलाई प्रयोग गरि दुई चार पैसाको प्रलोभन देखाई भोट डाइभर्ट गराउने योजना सहित महानगरपालिका भर्ती केन्द्र बनाइएको बताए । गठबन्धनको पालना नगर्ने व्यक्ति आफ्नो व्यक्ति स्वार्थमा चुर्लुम्म डुबेको भन्दै आफू मेयर बन्दैमा भतिजलाई सांसद, पत्निीलाई उपमेयर बनाउने चलनलाई कडा रुपमा विरोध हुनुपर्छ र यो रवैया तत्काल रोकिनुपर्ने उनको भर्नाइ छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मधेशको शिक्षा सुधारबारे शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

वीरगंज । आम विद्यार्थी मोर्चाले मधेशका विद्यालयमा देखिएका शैक्षिक तथा भौतिक समस्याबारे शिक्षा मन्त्री सुस्मित पोखरेलसँग पाँचवटा खुला प्रश्न गर्दै तत्काल सुधारका लागि ठोस...

सुखचैनाको विद्यालयलाई मनोज ग्यासको १ लाख ४४ हजार सहयोग, स्वास्थ्य चौकीलाई दुई थान एसी

वीरगंज । वीरगंज महानगरपालिका–२१ सुखचैनास्थित श्री नेपाल राष्ट्रिय गीता गजेन्द्र जोशी माध्यमिक विद्यालयमा शिक्षक व्यवस्थापनका लागि मनोज ग्यास प्रालिले १ लाख ४४ हजार रुपैयाँ...

पर्साका प्रहरीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य सचेतना

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा प्रहरी अधिकृत तथा कर्मचारीलाई घामबाट हुने छालासम्बन्धी समस्या र फोटो प्रोटेक्सनबारे स्वास्थ्य अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ...