Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

सहकारी संस्थाकाे कर्मचारी माथि दुर्व्यवहार

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ मा रहेकाे साहस साना किसान कृषि सहकारी संस्था लि. काे कर्मचारी माथि दुर्व्यवहार भएकाे छ ।

कार्यालय संचालनकाे समयमा मंगलबार दिउसाे २ बजे सखुवा प्रसाैनी गाउँपालिका वडा नं. ५ निवासी २२ बर्षिय संताेष बर्णवालसहितका एक समुहले संस्थाका अध्यक्ष नरेश जयसवाल, प्रबन्धक उपेन्द्र सहनी र लेखापाल संजय दासमाथि दुर्व्यवहार गरेकाे हाे । 

संस्थाका पूर्व कर्मचारी समेत रहेका बर्णवालले हिसाब किताबकाे बिषयलाई लिएर गाली गालाैज गर्दै दुर्व्यवहार गरेकाे संस्थाका अध्यक्ष जयसवालले वताए ।

उनका अनुसार बर्णवालले संस्थामा काम गर्ने समयमा गरेकाे हिनामिनाकाे रकम फिर्ता गर्नु पर्ने पटक पटक ताकेदा गर्दा पनि फिर्ता नगरेकाे र असुलीकाे निजकाे जग्गा राेका भएकाेले जग्गा फुक्वा गरिदिन कार्यालयमा पुगी हुहल्ला, गाली गलाैज गर्दै दुर्व्यवहार गरेका हुन् ।

घटनाकाे विवरण सबै कार्यालयकाे सिसि टिभि केमरा फुटेजमा सुरक्षित रहेकाे अध्यक्ष जयसवालले वताए । घटना लगतै आजै प्रहरीलाई जानकारी गराइसकेकाे र भाेली बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा लिखित उजरी दिने उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...