Date
सोम, साउन २५, २०८३
Mon, August 10, 2026

शाहरुखको पठानमा २५ तारिखको संयोग

spot_img
spot_img

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ को टिजर बुधबार सार्वजनिक गरियो । फिल्ममा शाहरुखको जबरदस्त एक्सनलाई प्राथमिकता देखाइएको छ । फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिएका छन् ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म २५ जनवरी, २०२३ मा रिलिज हुँदैछ । तर सायद कमैलाई थाहा होला, २५ जनवरीमा रिलिज हुने यो फिल्मको अन्य तीन कुरा पनि २५ तारिखसँग जोडिएका छन् ।

फिल्म समीक्षक तरण आदर्शले आफ्नो ट्वीटर हेण्डलमा यो कुराको जानकारी दिएका छन् । उनका अनुसार शाहरुख फिचर्ड फिल्मको फस्टलुक २५ जुनमा, दीपिकाको फस्टलुक २५ जुलाई र जोनको फस्टलुक २५ अगष्टमा सार्वजनिक गरिएको थियो ।

यद्दपि फिल्मको टिजर भने शाहरुखको जन्मदिन पारेर बुधबार अर्थात नोभेम्बर २ मा सार्वजनिक गरिएको थियो । निर्माण पक्षले फिल्म ट्रेलर २५ डिसेम्बरमा क्रिसमसको मौका पारी रिलिज गर्ने तयारी गरिरहेका छन् ।

सन् २०१८ मा फिल्म ‘जीरो’ पछि शाहरुख ‘पठान’मार्फत दर्शकमाझ आउँदैछ । यो फिल्मबाहेक उनी एटली कुमारको ‘जवान’ र राजकुमार हिरानीको ‘डंकी’मा देखिँदैछन् । ‘जवान’ जून, २०२३ र ‘डंकी’ डिसेम्बर, २०२३ मा रिलिज हुँदैछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

एसईईमा ४ जीपीए ल्याएर ‘टपर’ बनेका आरव र आयुशीलाई गौतम माविले दियो ल्यापटप

वीरगन्ज । मेहनतले आत्मविश्वास जगाउँछ र आत्मविश्वासले आत्मबल बढाउँछ भन्ने भनाइलाई गौतम माध्यमिक विद्यालयका दुई विद्यार्थी आरव कुमार सिंह र आयुशी चौरसियाले व्यवहारमै प्रमाणित...

पर्सा–बारामा ग्यास अभाव कायमै, वीरगंजमा सिलिन्डर लिन घण्टौँ लाइन

वीरगंज । पर्सा र बारा लगायतका जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेको छ । वीरगंजमा ग्यास लिन उपभोक्ताहरूले घण्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यता...

सुबोध स्मृति पत्रकारिता पुरस्कार गौतमलाई, अन्य पाँच जना पनि सम्मानित हुने

वीरगंज । प्रतीक दैनिकले प्रदान गर्दै आएको सुबोध स्मृति पत्रकारिता पुरस्कार यस वर्ष वीरगंजका पत्रकार महेशचन्द्र गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतीक...