Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

परिवर्तन नेपाल फाउण्डेशनद्वारा कृषि औजार सरसफाई

spot_img
spot_img

वीरगंज । वीरगंजकाे कृषि औजार कारखाना सञ्चालका लागि सरसफाई शुरु गरिएको छ । कारखाना सञ्चालनको लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका थिए ।

सोही अनुसार वीरगंजकाे परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानमा सरसफाई सहयाेग गरेका हुन् ।

फाउण्डेशनका युवाहरुले आज कृषि औजार कारखानामा रहेका सामानहरु व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरु उखेलेर सफा गरेका छन् ।

परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् । 

सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह लगायतका पदाधिकारी तथा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...