Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

परिवर्तन नेपाल फाउण्डेशनद्वारा कृषि औजार सरसफाई

spot_img
spot_img

वीरगंज । वीरगंजकाे कृषि औजार कारखाना सञ्चालका लागि सरसफाई शुरु गरिएको छ । कारखाना सञ्चालनको लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका थिए ।

सोही अनुसार वीरगंजकाे परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले कृषि औजार कारखानमा सरसफाई सहयाेग गरेका हुन् ।

फाउण्डेशनका युवाहरुले आज कृषि औजार कारखानामा रहेका सामानहरु व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरु उखेलेर सफा गरेका छन् ।

परिवर्तन नेपाल फाउण्डेशनका युवाहरुले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् । 

सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह लगायतका पदाधिकारी तथा सदस्यहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...