Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

कालिकामाईमा एक सय जनाद्वारा एमाले-जसपा गठबन्धनमा प्रबेश

spot_img
spot_img
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर दुई भेडिहारीमा साेमबार एमाल-जसपा गठबन्धनकाे चुनावी कार्यक्रम सम्पन्न भएकाे छ । ने.क.पा. एमालेका स्थानिय नेता जोगीन्दर महतो कोईरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस लगायतका विभिन्न दल परित्याग गरि एक सय जना भन्दा बढीले एमाले-जसपा गठबन्धनमा प्रबेश गरेका छन् । 
 
कार्यक्रममा नेपाली कांग्रेस परित्याग गरी भिम राम, लक्ष्मण राम, लालु राम, रामबाबु कुश्वाहा, बागड पासवान, रामलखन पासवान, कोठारी साह तेली, हिरालाल मण्डल धानुख, नेपाल शुशासन पार्टी परित्याग गरी संजय पासवान, मनोज पासवान, चन्दर हजरा, रामचन्दर हजरा, नेकपा एकिकृत समाजवादी परित्याग गरि गोपाल राम, भिटन्टी रामसहित दर्जनौ स्थानिय नेता तथा कार्यकर्ताहरुलाई प्रबेश गरेका हुन् ।
 
नव प्रबेशीहरुलाई पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँ र क्षेत्र नम्बर ४ काे २ का प्रदेशसभा सदस्यका उम्मेदवार सिंहासन साह कलवारले अबिरको टिका लगाई स्वागत गरेका थिए ।
 
पार्टी परवेश गर्दै दलित समुदायका नवपरवेशीहरुले भेडिहारी गाउँमा जहिले पनि धनि वर्ग र अगुवाहरुले दलितलाई ठगिदै आएकोले गरीबका पार्टी एमालेमा प्रबेश गरेकाे वताए । अरु पार्टीलाई आंतकवादी भन्ने र आफै आंतकवादी गतिबिधी गरि गरीब माथी नेपाल कांग्रेसले साेषण गर्दै आएको र एमालेले संरक्षण गरेको ईतिहास रहेकाे नवपरवेशीहरुकाे भनाई थियाे ।
 
कार्यक्रमलाई सम्बाेधन गर्दै एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार जालिम मियाँले गरीब माथी मुद्धा लादने र गरबि माथी अन्याय अत्याचार गर्दै आएका पार्टी नेपाली कांग्रेसलाई आफु परास्त गर्ने र अत्याचारीलाई तह लगाई गरीब, दलित तथा असहायहरुलाई संरक्षण गर्ने बताए ।
 
उम्मेदवार मियाँले आफ्नो जित सुनिश्चित रहेकोले कसैको बहकावमा नपर्ने आमसमुदायलाई आग्रह गरे । उनले भने “बिभिन्न जालझेल कांग्रेसले अपनाउँछ तर हामी जालझेल गर्न दिनाैं, तपाईहरु विश्वत रहनुस ।”
 
प्रदेशसभा सदस्यका उम्मेदवार सिहांसन साह कलवारले एमाले-जसपा गठबन्धन पबित्र रहेकोले दुबै उम्मेदवारकाे जित सुनिशिचत रहेको बताए । एमालेले जसपालाई र जसपाले एमालेलाई पुर्ण रुपमा सहयोग गरिरहेको र गर्ने पनि विश्वास दिलाए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...