Date
मङ्ल, भदौ १६, २०८३
Tue, September 1, 2026

गर्दौलमा एसकाई युथ फाउन्डेसन क्लब उद्घाटन

spot_img
spot_img
वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं. २ गर्दौल टोलमा शनिबार एसकाई युथ फाउन्डेसन क्लबको समुद्घाटन भएको छ । गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले एक कार्यक्रमका बिच क्लबको समुद्घाटन गरेका हुन् ।
 
अध्यक्ष तिवारीले शुभकामना दिँदै संस्थालाई सामाजिक कार्यक्रम गर्न सुझाव दिए । उनले सामजिक संस्थाले समाजलाई सहि दिशामा अघि बढ्न निकै ठुलो भूमिका खेल्ने हुनाले युवाहरुलाई यस प्रति ध्यान दिन आग्रह गरे ।
 
उनले संस्थालाई लागू औषध सम्बन्धी जनचेतना कार्यक्रम गर्न आफ्नो पलिकाबाट बजेट उपलब्ध गराउने घोषणा गर्दै आगामी दिनमा पनि पालिकाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
 
संस्थाका अध्यक्ष राजन पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रममा स‌ंस्थाका उपाध्यक्ष सन्ध्या कुमारी मुखिया, सचिव नकुल पटेल, कोषाध्यक्ष निराजन तिवारी, सह सचिव सुरज कुमार पटेल, सदस्यहरू हेमन्त गिरी, राजु राउत कुर्मी, सुरज कुमार पटेल, शोभा कुमारी, चन्दन पटेल, कृष्ण चन्दन महतो लागायत संस्थाका पदाधिकारीहरुलाई प्रमुख अथिती तिवारीले टिका लगाई बधाई तथा शुभकामना दिएका थिए ।
 
कार्यक्रममा समाज सेवी केशव गिरी, गम्भिरा साह, अच्छेलाल महतो, दीपेन्द्र पण्डित, दीनानाथ तिवारी, राधेश्याम पटेल लगायतले शुभकामना मनतव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन पत्रकार आनन्द पटेलले गरेका थिए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

केरालामा ज्यान गुमाएका बिरेन्द्रको शव ल्याउन गाउँपालिका अध्यक्ष यादवले दुई लाख सहयोग गर्ने

वीरगंज । रोजगारीका लागि भारतको केराला पुगेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ४ निवासी २९ वर्षीय बिरेन्द्र मुखिया बिनको निधन भएपछि उनको शव नेपाल...

सूचीकरण तथा नवीकरण नगर्ने पत्रिकालाई लोककल्याणकारी विज्ञापनको रकम उपलब्ध नगराइने

काठमाडौँ । विज्ञापन बोर्डमा सूचीकरण तथा नवीकरण नगरी लोककल्याणकारी विज्ञापन प्रकाशन गर्ने पत्रपत्रिकालाई चालु आर्थिक वर्ष २०८३/८४ देखि त्यस्तो विज्ञापनवापतको रकम भुक्तानी नगरिने भएको...

हेलिकप्टरमार्फत बाढी प्रभावितलाई अत्यावश्यक सामानको व्यवस्थासहित उद्धार

रसुवा । सरकारले हेलिकप्टरमार्फत त्रिशूली नदी उत्तर–पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढी प्रभावित जनतालाई  खाद्यान्न, नुन–तेललगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई...