Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा, विधार्थीको भेला

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ लंगडीमा शुुक्रबार काँग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको थियाे ।

भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विधार्थीहरु एकजुट भएर लागेको बताए । उनिहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल ,प्रदेशसभासदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए ।

काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल, प्रदेश सदस्यका उम्मेदवार शेख चाँद तारा र शकर चौधरीका साथै नेताहरू बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी, सलाउदीन अहमद, रामबबु बैठा, रमेश पाण्डे, नवीन सिंह, किशोरी साह कानु लगायतको पनि सहभागीताको कार्यक्रमको सन्चालन क्षेत्रीय सचीव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...