Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा, विधार्थीको भेला

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउने अभियान अन्तर्गत शुक्रबार संयुक्त युवा विधार्थी भेला सम्पन्न भएको छ ।

पर्साको धोबिनी गाँउपालिका वडा नम्बर ४ लंगडीमा शुुक्रबार काँग्रेसको क्षेत्रीय कार्य समितिले लोकतान्त्रिक बाम गठबन्धनको सयुक्त युवा विद्यार्थी भेला आयोजना गरेको थियाे ।

भेलामा सहभागी पाँच दलीय गठबन्धनका युवा विधार्थी नेताहरुले पर्सा ४ मा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई जिताउन युवा विधार्थीहरु एकजुट भएर लागेको बताए । उनिहरुले प्रतिनिधीसभा सदस्यका उम्मेदवार रमेश रिजाल ,प्रदेशसभासदस्यका उम्मेदवारद्वय शंकर चौधरी र शेख चाँदताराको पक्षमा घरघरमा पुगेर मत माग्ने प्रतिबद्धता पनि जनाए ।

काँग्रेसका क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा भएको भेलामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल, प्रदेश सदस्यका उम्मेदवार शेख चाँद तारा र शकर चौधरीका साथै नेताहरू बृहस्पतिकृष्ण श्रेष्ठ, बशिष्ठ नारायण कुर्मी, सलाउदीन अहमद, रामबबु बैठा, रमेश पाण्डे, नवीन सिंह, किशोरी साह कानु लगायतको पनि सहभागीताको कार्यक्रमको सन्चालन क्षेत्रीय सचीव बलिष्टर अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...