Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

कालिकामाईको टिनडोबियामा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नं. १ टिनडाेबियामा बिहिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । टिनडोबिया युवा क्लबको आयोजनामा भएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष कृष्ण पटेलले जानकारी दिए ।

श्री नेरा आधारभुत विद्यालय टिनडोबियामा भएको कार्यक्रममा कालिकामाई गाउँपालिकाका अध्यक्ष बशिष्ठ कुमार गुप्ता, वडाध्यक्ष लालबाबु चौरसिया, रबिशंकर सिंह, शैलेन्द्र कुमार त्रिपाठी, निरन्जन पटेल, गुडु पटेल, कुन्दन कुमार कुर्मी, तेजा मुखिया बिन, राजन पटेल, दिपेन्द्र साह, साजन पटेल, दिलिप साह, विवेक कुमार, जितेन्द्र कुमार पटेल, कृष्णा पटेल, अजय पटेल, ओमबाबु पटेल, संदिप कुमार साह लगायतकाले रक्तदान गरेका हुन ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बशिष्ठ कुमार गुप्ताले रक्तदान सब भन्दा ठूलो दान भएको वताए । उनले रक्तदान कार्यक्रम आयोजना गर्ने क्लबमा आवद्ध युवाहरूको सराहना गर्दै यस्ता कार्यक्रम आयोजना गर्न आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वडाध्यक्ष लालबाबु चौरसियाको अध्यक्षता र गाउँपालिका अध्यक्ष गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स पोखरियाका प्रबन्धक शैलेन्द्र कुमार त्रिपाठी, इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी सहायक निरीक्षक रबिशंकर सिंह, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे, कालिका टाईम्सका सम्पादक शम्भु कुमार कुमार सुमन, श्री नेरा आधारभूत विद्यालय टिनडोबियाका प्रधानाध्यापक रामप्रबेश पटेल, अजय पटेल, जितेन्द्र पटेल लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...