Date
शनि, साउन १६, २०८३
Sat, August 1, 2026

प्रदेशसभा सदस्यमा मुख्यमन्त्री गद्दीकाे विकल्प खोज्दै जनता

spot_img
spot_img

वीरगंज । यही मंसिर ४ गते हुने संघीय तथा प्रदेशको निर्वाचनको लागि पर्सा जिल्ला लगायत देशभरि नै चुनावी चर्चा छाएको छ । दशैं, तिहार एवं छठ पर्व सकिने लगतै मुलुक निर्वाचनमय हुने देखिएको छ । निर्वाचनको मुखमा पर्सामा जताततै चुनावी चर्चा सुन्न सकिन्छ । खास गरेर पर्सा जिल्लाको वीरगंज मुलुकै लागि औद्योगिक नगरी पनि भएको कारण यहाँ चुनावी चर्चा परिचर्चा धेरै हुने गरेको छ ।

त्यसमा पनि मधेश प्रदेशको मुख्यमन्त्री नै वीरगंजबासी भएको कारण पनि यस जिल्लाको क्षेत्र नं. १ को (ख) मा चुनावी चर्चा गम्भिर विषय बनेको छ । गत २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा विजयी भई मुख्यमन्त्री बनेका मोहम्मद लालबाबु राउत गद्दी पुनः यही क्षेत्रबाट प्रदेशसभा सदस्यका लागि जसपा–एमाले गठबन्धनबाट उम्मेदवार बनेका छन् । तर वीरगंजबासी उनको विकल्प खोजी रहेका छन्  ।

उनी मुख्यमन्त्री हुँदा पर्सा लगायत वीरगंजबासीको लागि कुनै विकास निर्माणको काम नगरेको तथा विभिन्न काण्डमा भ्रष्टाचारको आरोप लागि सकेको कारण यहाँका नागरिकहरु उनको विकल्पमा अन्य उम्मेदवारलाई खोजि रहेका छन् । मुख्यमन्त्रीलाई निर्णायक भोट पाउने वीरगंज महानगरपालिका-१६ नगवामा पनि विकास निर्माणको नाममा जनतालाई ठगेका छन् । एतिहासिक नगवा पोखरीलाई सौन्दर्यीकरणको नाममा करोडौं भ्रष्टाचार गरि एतिहासिक पोखरीलाई अलपत्र अवस्थामा छ ।

त्यसबाट पनि नगवा क्षेत्रका जनताहरु मुख्यमन्त्रीबाट रुष्ट छन् भने नगवा क्षेत्रमा सडक, नालाको अवस्थामा पनि दयनीय छ । प्रदेशसभा सदस्यमा विजयी भएका अधिकाँश उम्मेदवारहरु आफ्नो क्षेत्रमा विकास कार्यमा सन्तोषजनक कार्य गरेका छन् तर मुख्यमन्त्रीको बजेटबाट नगवा क्षेत्रमा सडक, नालाका हकमा खासै विकास हुन सकेको छैन । मुख्यमन्त्री भएपछि उनी सधैं जनकपुर नै बस्ने गरेको कारण पनि वीरगंजबासीको दुःख बुझ्न सकेका छैनन् । यसले गर्दा पनि अहिले यस क्षेत्रका जनताहरु उनको विकल्पमा अन्य उम्मेदवार खोजी रहेका छन् ।

अर्कोतर्फ मुख्यमन्त्रीको लोकप्रिय ‘बेटी पढाउ, बेटी बचाऔं’ अभियान अन्तर्गत वितरण गरिएको साइकल खरिद प्रकरणमा भएको भ्रष्टाचारको आरोप पनि उनीमाथि लागेको छ । मधेश प्रदेशको राजधानी वीरगंजलाई बनाउने आवाज उठि रहेको बखत पनि मुख्यमन्त्रीले केही नबोली चुप लागेर बसेको र जनकपुरलाई नै माैन समर्थन गरेका कारण पनि आफ्नो क्षेत्रको जनतालाई धोका दिएको उनीमाथि आरोप छ । उनी चुनाव जितेपछि जनताको सेवा भन्दा पनि कमाउ धन्धामा लागेपछि यस क्षेत्रका जनता उनको विकल्प खोजि रहेका छन् ।

पर्सा क्षेत्र नं. १ को (ख) मा प्रदेशसभा सदस्यको लागि जसपा–एमाले गठबन्धनबाट मुख्यमन्त्री गद्दी उम्मेदवार छन् भने पाँचदलीय गठबन्धनबाट रामनारायण कुर्मी उम्मेदवार छन् । यस क्षेत्रका जनताले मुख्यमन्त्रीको विकल्पमा अन्य उम्मेदवार खोजि रहेको अवस्थामा कुर्मी पनि दरिलो उम्मेदवार भने छैनन् । उनी यस क्षेत्रका मतदाता पनि छैनन् । उनको घर वीरगंज महानगरपालिका वडा नं. १४ पिपरामा छ । जुन पर्साको क्षेत्र नं. १ को (क) मा पर्छ ।

यस भन्दा अघिको निर्वाचनमा प्रदेशसभा सदस्यमै आफ्नो क्षेत्रबाट उठ्दा पराजित भएपछि उनी आफ्नो क्षेत्र परिवर्तन गरि यस पटकको निर्वाचनमा क्षेत्र नं. १ को (ख) बाट उम्मेदवार छन् । कुर्मी पिपरास्थित नृसिंह माध्यमिक विद्यालयका अध्यक्ष १० वर्ष रहि सकेका छन् । ३ कार्यकाल उनी अध्यक्ष बनेका छन् । त्यस अवधिमा विद्यालयमा कुनैपनि काम गर्न सकेका छन् । विद्यालयमा आफ्नो बुहारी, ज्वाँई लगायत घरपरिवारको सदस्यलाई भर्ना गर्नुको साथै आसेपासेहरुलाई विभिन्न पदमा नियुक्ति गरेको उनीमाथि आरोप लागेको थियो ।

इमान्दारिको ढोल पिट्दै प्रचारवाजी गर्दै हिँडेका रामनारायण कुर्मी विभिन्न भ्रष्टाचार काण्डमा मुछिएका छन् । १० वर्षसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदा सिंन्को समेत भाँच्न नसकेका कुर्मी अब प्रदेश सभा सदस्यमा विजयी भए के गर्लान् ? भन्ने खोजविनको विषय बनेको छ । उनी काँग्रेस, नेकपा एस, माओवादी, लोसपा, तथा जनमोर्चा सम्मिलित पाँचदलीय गठबन्धनबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् ।

विकल्पमा युवा उम्मेदवार सर्राफ

पर्सा क्षेत्र नंं. १ को (ख) मा मुख्यमन्त्री गद्दीको विकल्पमा युवा उम्मेदवार ओमप्रकाश सर्राफ देखिएका छन् । उनी अहिले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आफ्नो क्षेत्रको प्रत्येक घरघरमा गई आफूलाई भोट दिन आग्रह गरि रहेका छन् । यसबाट अन्य उम्मेदवारहरुको मनोबल पनि खस्केको छ, जसले गर्दा यस वर्षको चुनावमा क्षेत्र नं. १ को (ख) मा युवा उम्मेदवार सर्राफको विजयी सम्भावना देखिएकाे छ ।

यस क्षेत्रका जनताहरु उनलाई मन पराएका छन् । विगत लामो समयदेखि राजनीति यात्रा गर्नुका साथै समाजसेवा कार्यमा सक्रिय रहँदै आएका छन् । मधेश आन्दोलनमा पनि उनको उल्लेखनीय भूमिका रहेको थियो तर पार्टीले उनको कामको मूल्याँकन नगरेपछि उनी अहिले जनताको साथ पाउने आशमा छन् । जनताले पनि उनीलाई जिताउने प्रतिबद्धता समेत जनाउँदै आएका छन् ।

मधेशीहरुको हक अधिकारको लागि जारी मधेश आन्दोलनको क्रममा उनी प्रहरीद्वारा गिरफ्तार भई मुद्दा समेत खेपेका थिए । उनी नारायणी अस्पताल सुधार विकासको लागि वर्षौदेखि अभियान समेत चलाएका छन् । लोडसेडिङ्गमुक्तको लागि सत्याग्रह आन्दोलन समेत गरेका छन् । सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउन जारी आन्दोलनमा सक्रिय भूमिका समेत निर्वाह गरेका थिए । तराई पर्यटनको लागि भिजिट मधेश अभियान समेत चलाएका छन् ।

कोरोना संक्रमण महामारीमा निःशुल्क खाना, निःशुल्क एम्बुलेन्स, अस्पतालमा विरामीहरुको उपचारको लागि सहजीकरण समेत गरेर समाजसेवामा उल्लेख्नीय कार्य गरेवापत नै उनले ‘हिरो अफ द मधेश’ लगायत विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय पदक प्राप्त समेत गरि सकेका छन् । यसैगरि वीरगंजलाई राजधानी बनाउन जारी आन्दोलनमा सक्रिय भूमिका समेत निर्वाह गरेका छन् ।

घरदैलोको क्रममा सर्राफले आफूभन्दा अग्रजसँग आशिर्वाद लिने कार्यलाई तिब्रता दिएका छन् । सर्राफलाई यस क्षेत्रका नागरिकले राजनीतिक दल भन्दा पनि समाजसेवाको कार्यलाई मूल्याँकन गरि रहेका छन् । उनी यस क्षेत्रमा राजनीति दलका नेता भन्दा पनि समाजसेवीको रुपमा यस क्षेत्रमा कार्य गर्दै आएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘मेयर पदमुक्ति लोकतन्त्रमाथिको प्रहार’ : एमालेले आफ्नै मुखमा हिलो छ्याप्यो– प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेकपा (एमाले)ले लोकतान्त्रिक मूल्य–मान्यताको उल्लंघन गर्दै लोकतन्त्रलाई नै मजाक बनाएको आरोप लगाएका छन्।...

१८ वर्ष कैद सजाय पाएका जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगंज । जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पर्सा जिल्ला...

पर्सामा शान्ति र सद्भाव कायम राख्न प्रशासनको पहल, सर्वदलीय बैठकबाट चार निर्णय

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा शुक्रबार सम्पन्न सर्वदलीय बैठकले जिल्लामा शान्ति, सुरक्षा, सामाजिक सद्भाव र अमनचयन कायम राख्न चारबुँदे निर्णय गरेको छ...