Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

मधेशमा केपी ओली हाबी हुनु दु:खद : प्रचण्ड

spot_img
spot_img

वीरगंज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसमा केपी ओली हाबी हुनु दु:खद भएको बताएका छन् । ५ दलिय गठबन्धनद्वारा आयाेजित मधेश प्रदेश स्तरिय भेलालाई सम्बाेधन गर्दै अध्यक्ष प्रचण्डले ओली मधेस आन्दोलनको विरोधी भएको बताए ।

‘मधेसविरुद्ध विष वमन गर्नेहरू किन हाबी हुँदैछन् ? यो विषयमा गठबन्धन दलका नेता कार्यकर्ता र मधेसका बुद्धिजीवीहरूले आत्मसमीक्षा गर्नुपर्छ,’ उनले भने । उनले स्थानीय चुनावमा एमाले मधेसमा अप्रत्याशित सिटहरू जितेकोतर्फ संकेत गर्दै प्रचण्डले मधेसविरुद्ध विष वमन गर्नेहरू चुनावमा विजयी हुनु विडम्बना भएको बताए ।

मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने र विष वमन गर्नेहरू विजयी हुने अवस्था चिन्ताजनक रहेको उनको तर्क थियो । अध्यक्ष प्रचण्डले मधेसमा भ्रम दिने, झुटा आश्वासन दिने, बेइमानी र जालझेल गर्नेहरू फेरि बलियो हुन थालेको भन्दै सचेत रहन आग्रह गरे ।

मधेसको अधिकारका लागि आफूहरूले संविधान संशोधन विधेयक ल्याउँदा केपी ओलीले पारित हुन नदिएको र नागरिकता विधेयकमा समेत ओली बाधक बनेको प्रचण्डको आरोप छ ।

मधेश प्रदेशका राजधानी जनकपुरधाममा भएकाे कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका गठबन्धन दलका शिर्ष नेताहरुकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...