Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

नेकपा एस पर्सा क्षेत्र नं. १ को अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा क्षेत्र १ को अगुवा कार्यकर्ता भेला बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । भेलाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्णय गरेकाे छ ।

भेलामा बाम लाेकतान्त्रिक गठबन्धनका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्षमणलाल कर्ण र क्षेत्र नं. १ काे (१) का प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका रहबर अंसारी र १ काे (२) का उम्मेदवार नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई समेत आमन्त्रण गरिएको थियो ।

नेकपा एकिकृत समाजवादी पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटि अध्यक्ष मंजुर अंसारीको अध्यक्षत एवम् पार्टीका पोलिट व्यूरो सदस्य एवं मधेश प्रदेशका सह संयोजक रामचन्द्र साहको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेताहरुले पार्टीका सबै अगुवा कार्यकर्ताहरुलाई इमन्दारी पूर्वक गठबन्धनका उम्मेदवारलाई भोट हाल्न तथा समानुपातिक तर्फ पार्टीकाे चुनाव चिन्ह कलम छापमा मत हाल्न आग्रह गरेका थिए ।

कार्यक्रममा एकीकृत समाजवादीका वीरगंज महानगर इन्चार्ज एवं पोलिट व्यूरो सदस्य चिरञ्जिवी आचार्य, पर्सा जिल्लाका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी, महानगरका सचिव बृजलाल पासवान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, लोसपा नेता नेजामोदिन समानी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...