Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

नेकपा एस पर्सा क्षेत्र नं. १ को अगुवा कार्यकर्ता भेला सम्पन्न

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी) पर्सा क्षेत्र १ को अगुवा कार्यकर्ता भेला बुधबार वीरगंजमा सम्पन्न भएकाे छ । भेलाले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न निर्णय गरेकाे छ ।

भेलामा बाम लाेकतान्त्रिक गठबन्धनका पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लक्षमणलाल कर्ण र क्षेत्र नं. १ काे (१) का प्रदेशसभा सदस्यका उम्मेदवार माओवादी केन्द्रका रहबर अंसारी र १ काे (२) का उम्मेदवार नेपाली कांग्रेसका रामनारायण कुर्मीलाई समेत आमन्त्रण गरिएको थियो ।

नेकपा एकिकृत समाजवादी पार्टी पर्सा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रिय कमिटि अध्यक्ष मंजुर अंसारीको अध्यक्षत एवम् पार्टीका पोलिट व्यूरो सदस्य एवं मधेश प्रदेशका सह संयोजक रामचन्द्र साहको प्रमुख आथित्यमा भएको कार्यक्रममा नेताहरुले पार्टीका सबै अगुवा कार्यकर्ताहरुलाई इमन्दारी पूर्वक गठबन्धनका उम्मेदवारलाई भोट हाल्न तथा समानुपातिक तर्फ पार्टीकाे चुनाव चिन्ह कलम छापमा मत हाल्न आग्रह गरेका थिए ।

कार्यक्रममा एकीकृत समाजवादीका वीरगंज महानगर इन्चार्ज एवं पोलिट व्यूरो सदस्य चिरञ्जिवी आचार्य, पर्सा जिल्लाका कार्यवाहक अध्यक्ष गंगा खड्का, वीरगंज महानगरका अध्यक्ष मनोज चौधरी, महानगरका सचिव बृजलाल पासवान, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, लोसपा नेता नेजामोदिन समानी लगायतको उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...