Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

प्रहलाद गिरीकाे समर्थनमा माेटरसाइक र्‍याली

spot_img
spot_img

वीरगंज । पर्साको निर्वाचन क्षेत्र ३ को २ का प्रदेशसभा सदस्यका उम्मेदवार प्रहलाद गिरीको समर्थनमा पोखरिया युवा समाजले मोटर साइकल ¥याली निकालेको छ ।  

निवर्तमान प्रदेशसभा सदस्य समेत रहेका गिरी विकासवादी तथा युवा प्रेमी नेता भएको भन्दै युवा समाजका पदाधिकारीहरु सहितको टोलीले समर्थनमा मोटरसाईकल ¥याली निकालेको हो । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार गिरीलाई जिताउन युवाहरु स्वस्फूर्त रुपमा र्‍याली निकालेकाे युवा समाजका सुजित गिरीले वताए ।

पोखरिया युवा समाजका अध्यक्ष भगवान दास तत्वाको नेतृत्वमा जम्मा भएका युवाहरुको समूहले प्रदेशसभा सदस्यका उम्मेदवार गिरीलाई जिताउन अपिल गर्दै मोटर साइकल ¥याली निकालेको युवा समाज पोखरियाले जनाएको छ । २ सय भन्दा बढी बाइकमा सवार युवाहरुले क्षेत्रको बिभिन्न गाउँ र टाेलकाे प्ररिक्रमा गरेका थिए ।

पोखरियाबाट शुरु भएको ¥याली सतवरिया, पकहामैनपुर, प्रसौनी, गर्दाैल, हसवा, मधुवनी, मानिपुर हुँदै पुनः पोखरिया पुगेको थियो । ¥यालीमा राकेश महतो, मनु गिरी, मुम्ताज आलम, सन्तोष चौहान लगायतका युवाहरुले सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...