Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

समावेशी शिक्षा संजाल सम्बन्धि कार्यशाला गाेष्ठि सम्पन्न

spot_img
spot_img

वीरगंज । किशाेरी सशक्तिकरणकाे लागि शिक्षा कार्यक्रम अन्तर्गत बालिका तथा समावेशी शिक्षा संजाल सम्बन्धि कार्यशाला गाेष्ठि साेमबार वीरगंजमा सम्पन्न भएकाे छ ।

भिएसाे नेपाल, एचआई र दिव्य युवा क्लबकाे साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत पर्साकाे जगरनाथपुर गाउँपालिका र धाेबिनी गाउँपालिका स्तर र विद्यालय स्तरमा गठन भएकाे बालिका तथा समावेशी शिक्षा संजाल विषयगत कार्यशाला गाेष्ठि सम्पन्न भएकाे हाे ।

दिव्य युवा क्लबका कार्यकारी निर्देशक रामकान्त पटेलकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे उद्घाटन ठाेरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए ।

कार्यक्रममा परियाेजनाकाे प्रगति बारे र बालिका तथा समावेशी शिक्षा संजालकाे अभ्यासकाे बारेमा दिव्य युवा क्लबका परियाेजना संयाेजक गणेश ठकुरी र भिएसाे नेपाल राष्ट्रिय स्वमसेवक श्रीचन्दन जयसवाले प्रस्तुति राखेका थिए । विद्यालय स्तरमा हुने हिंसा, समाजिक हिंसालाई न्युनिकरण गर्नकाे लागि गुनासाे सुनवाई संयन्त्रलाई क्रियाशिल बनाउन, विद्यालयमा शैक्षिक बातावरण श्रीजना गर्नकाे लागि बालिका तथा समावेशि शिक्षा संजालले प्रमुख भुमिका खेल्ने गरेकाे अभ्यासहरुलाई अन्य पालिकाहरुले पनि औल्मबन गर्नु पर्ने प्रस्तुतीकाे क्रममा परियाेजा संयाेजक ठकुरीले सुझाए ।

भिस्वा हाेटलमा भएकाे कार्यक्रममा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, सखुवा प्रसाैनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव, मधेश प्रदेशका समाजिक विकास मन्त्रलायका सचिव लक्ष्मी प्रसाद भट्टराई, उप सचिव दिलिप कुमार ठाकुर, मधेश प्रदेश शिक्षा निर्देशनालयका सह सचिव चुणामणी फुयाल, बागमती प्रदेश शिक्षा महाशाखा प्रमुख रुद्र हरि भण्डारी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बहुदरमाई नगरपालिकाकी उप मेयर सुस्मा कुशवाहा, पर्सागढी नगरपालिकाकी उप मेयर पुजा चाैधरी, बिन्दवासिनी गाउँपालिकाकी उप प्रमुख ज्याेति चाैरसिया, धाेबिनी गाउँपालिकाकी उप प्रमुख मंजु देवी, छिपहरमाई गाउँपालिकाकी उप प्रमुख लिलावती देवी, पकहा मैनपुर गाउँपालिकाकी उप प्रमुख सरफुन नेसा  लगायतकाे सहभागिता रहेकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...