Date
मङ्ल, भदौ ९, २०८३
Tue, August 25, 2026

शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी दुई दिने तालिम सुरु

spot_img
spot_img

वीरगंज । मधेस प्रदेश शिक्षा समुहको आयोजनामा दुई दिने विपद् पूर्व तयारी तथा प्रतिकार्य का लागि नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम बाराकाे सिमरामा सुरु भएकाे छ ।

होटेल श्रेष्ठ रेसिडेन्स सिमरामा सुरु भएकाे तालिममा विपद् जोखिम,न्यूनीकरण तथा त्यसको व्यवस्थापनका अवधारणा, नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा, आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन, तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षा को लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्यका लागि विषयगत समुहहरु र समन्वयको बारेमा छल्फल तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको आयाेजक संस्थाका मित्रदेव यादवले जानकारी दिए ।

शिक्षा समुहको संयोजक नरेश साहको अध्यक्षतामा आइतबार भएकाे तालिम उद्घाटन सत्रमा पोखरीया नगारपालिकाका मेयर प्रदुमन चौहान, शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठ, एनएसईटीका शुशिल पण्डित लगायतकाले मन्तव्य राखेका थिए ।

तालिममा प्रशिक्षक शुशिल पण्डित, राम माझी, कमल कुमार विश्वकर्माले प्रशिक्षण दिइरहेका छन् ।

ईयुकाे आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र एनएसईटी नेपालको सहजीकरणमा संचालित सपाेर्टीङ द रिसपाेन्स टु द काेभिड १९ क्रिसिस क्षन द एडुकेशन सेक्टर कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तहहरुको सहभागितामा रहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पत्रकारविरुद्ध विद्युतीय अपराध मुद्दा दर्ता गरिएकोप्रति समाजवादी प्रेस संगठन पर्साको आपत्ति

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बुद्धिप्रसाद पन्त (हरि पन्त) सम्बन्धी प्रकाशित समाचारलाई लिएर सञ्चार संस्था तथा पत्रकारविरुद्ध विद्युतीय...

महावीर पुनको मस्यौदा : विज्ञान मन्त्रालयले अर्को NIC/NAST बनाउँदैछ ?

नेपालले पहिलोपटक विज्ञान, प्रविधि तथा नवप्रवर्तनको छुट्टै मन्त्रालय पायो, र त्यही मन्त्रालयले आफ्नो पहिलो ठोस कानुनी दस्तावेज — नियमावलीको मस्यौदा — सार्वजनिक गर्‍यो। यो...

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...