Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सा क्षेत्र नं. ४ मा कांग्रेसको चुनावी कार्यक्रम तिब्र

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले क्षेत्र नम्बर ४ मा चुनावी अभियान तिब्र पारेको छ । आइतबार मात्रै क्षेत्रमा रहेका २ वटा गाउँपालिकाले कार्यकर्ता परिचालन गर्न छुट्टाछुट्टै चुनावी कार्यक्रम गरेको छ ।

आफ्ना उम्मेदवार विजयी बनाउन कुनै कसर बाँकी नराख्ने लक्ष्यका साथ क्षेत्रीय कमिटी, पालिका कमिटीका साथै वडा कमिटी र गाउँकमिटीलाई सक्रिय बनाएर चुनावी अभियान अघि बढाइएको कांग्रेस प्रदेशसभा ४ काे (क) क्षेत्रिय सभापति जीवनकृष्ण सापकोटाले जानकारी दिए ।

आइतबार जिराभवानी गाउँपालिकाको सेढवामा र जगरनाथपुर गाउँपालिकाको मसिहानीमा कार्यक्रम भएको थियो । २ वटै पालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले सम्बोधन गर्दै अहिलेको लडाई व्यक्तिगत नभई संविधानको रक्षाका लागि भएको बताए ।

संविधान विरोधी र संविधान रक्षार्थ रहेकाहरुबीचको लडाई रहेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने गरी अभियानमा लाग्न आग्रह गरे ।

उनले दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको स्मरण गराउँदै त्यसबेला कांग्रेसले संसद व्युताएर संविधानको रक्षा गरेको उल्लेख गरे । त्यसैले अहिले जनताले संविधान विरोधीलाई ठेगान लगाउने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शंकर चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्षहरु बबिता सिंह, रेखा चौधरी, युवा नेता राकेश यादव लगायत नेता कार्यकर्ताको उपस्थित रहेकोे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...