Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सा क्षेत्र नं. ४ मा कांग्रेसको चुनावी कार्यक्रम तिब्र

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेस पर्साले क्षेत्र नम्बर ४ मा चुनावी अभियान तिब्र पारेको छ । आइतबार मात्रै क्षेत्रमा रहेका २ वटा गाउँपालिकाले कार्यकर्ता परिचालन गर्न छुट्टाछुट्टै चुनावी कार्यक्रम गरेको छ ।

आफ्ना उम्मेदवार विजयी बनाउन कुनै कसर बाँकी नराख्ने लक्ष्यका साथ क्षेत्रीय कमिटी, पालिका कमिटीका साथै वडा कमिटी र गाउँकमिटीलाई सक्रिय बनाएर चुनावी अभियान अघि बढाइएको कांग्रेस प्रदेशसभा ४ काे (क) क्षेत्रिय सभापति जीवनकृष्ण सापकोटाले जानकारी दिए ।

आइतबार जिराभवानी गाउँपालिकाको सेढवामा र जगरनाथपुर गाउँपालिकाको मसिहानीमा कार्यक्रम भएको थियो । २ वटै पालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा चुनावी कार्यक्रमलाई कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजालले सम्बोधन गर्दै अहिलेको लडाई व्यक्तिगत नभई संविधानको रक्षाका लागि भएको बताए ।

संविधान विरोधी र संविधान रक्षार्थ रहेकाहरुबीचको लडाई रहेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने गरी अभियानमा लाग्न आग्रह गरे ।

उनले दुई तिहाईको सरकारको नेतृत्व गरेको केपी ओलीले संसद नै विघटन गरेर संविधान समाप्त पार्न खोजेको स्मरण गराउँदै त्यसबेला कांग्रेसले संसद व्युताएर संविधानको रक्षा गरेको उल्लेख गरे । त्यसैले अहिले जनताले संविधान विरोधीलाई ठेगान लगाउने उनले विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार शंकर चौधरी, जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, उपाध्यक्षहरु बबिता सिंह, रेखा चौधरी, युवा नेता राकेश यादव लगायत नेता कार्यकर्ताको उपस्थित रहेकोे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...