Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

रमेश रिजाललाई जिताउन विभिन्न समितिहरु गठन

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसले पर्सा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश रिजाल र प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चाैधरीलाई जिताउने अभियान अन्तर्गत विभिन्न चुनावी समितिहरु गठन भएकाे छ ।

पर्सा क्षेत्र नम्बर ४ मा शनिबार बसेकाे काँग्रेस क्षेत्रीय कार्य समितिकाे बैठकले विभिन्न समितिहरु गठन गर्दै चुनावी गतिविधि र प्रचार प्रसार अभियानलाई अझ तिब्र बनाउने निर्णय पनि गरेकाे छ ।

काँग्रेस क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादवको अध्यक्षता तथा केन्द्रीय सदस्य समेत रहेका उम्मेदवारिजालकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि वशिष्ठ नारायण कुर्मी, प्रदेशसभा सदस्यका उम्मेदवार शंकर चौधरी, पार्टीका जिल्ला सह सचिव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, युवा नेता राकेश यादव, प्रदेश सभापति जीवन कृष्ण सापकोटा, दिपेन्द्र सिंह, क्षेत्रीय सदस्य, महाधिवेशन प्रतिनिधिहरु, गाउँपालिका र वडा सभापति लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे सहजिकरण क्षेत्रिय सचिव बालिस्टर अहमदले गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...