Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

तेस्राे स्थापना दिवसकाे अवसरमा प्रभु अस्पतालमा रक्तदान

spot_img
spot_img
वीरगंज । प्रभु हस्पिटल वीरगंजकाे तेस्रो स्थापना दिवसको अवसरमा शनिबार वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । डेङ्गी रोगी तथा चाडपर्वमा हुने रगत अभाव परिपुर्तिका लागी आयाेजना गरिएकाे कार्यक्रममा १३ महिला सहित ५४ जनाले रक्तदान गरेकाे रेडक्रस पर्साका राजन श्रीवास्तावले वताए ।
 
हस्पिटल परिसर मै भएकाे कार्यक्रममा रक्तदान गर्नेमा जेनिसा कार्की,श्रीकिसन साह, रिन्कु कुमार, अस्मिता खनाल, कृष्ण पन्डित, जमिल अखतर, रन्जित चौरासीया, अनिल गुप्ता, जगदीश सहनि, सन्दिप मन्डल, राहुल चौधरी, पवन साह कानु, सुनिल कुमार ठाकुर, अमृत महतो, सुरज मन्डल, शनि मन्डल, सुरज भगत माली, लगायतले रक्तदान गरेका हुन ।
 
प्रभु हस्पिटलका संचालक डा. मनाेज गुप्ताकाे अध्यक्षता र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा अस्पतालकी डा. लक्ष्मी थापा, दिलिप राज कार्की, रेडक्रसका राजन श्रीवास्तव, भाेजपुरी गायक सुनिल पण्डित लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

त्यसैगरि बारा जिल्लाको कलैया वडा नं. ६ को कार्यालय भरत चौकमा र वीरगंज सिटी राेयल युवा क्लबकाे आयाेजनामा वीरगंजकाे श्रीपुरमा पनि शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । कलैयामा भएकाे कार्यक्रममा ६० जना र वीरगंजमा भएकाे कार्यक्रममा ५१ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजले जनाएकाे छ ।

प्रभु अस्पतालमा रेडक्रस पर्साका राजन श्रीवास्तव, कलैयामा प्राबिधिक धिरेन्द्र झा र श्रीपुरमा प्राबिधिक दिलमाया घिमिरेको टोलिले प्राबिधिक सहयोग गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...