Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजालको अपील

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेस रिजालले कसैलाई कुनै पनि दया नगरी गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् ।नेपाल शिक्षक संघ पर्साले वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘अहिले जहाँबाट उम्मेद्वार भए पनि पहिला हाम्रै संगठनमा थियो उसलाई सहयोग गर्छु भन्ने दया देखाउन जरुरी छैन,’ उनले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्नु होस् ।’

अहिलेको लडाई भनेको संविधान बिरोधीसंगको लडाई रहेको भन्दै उनले संविधान विरोधी, संघीयता विरोधी अनि मधेस र मधेसी विरोधीलाई मतदानबाट जनताले ठेगान लगाउनु पर्ने बताए ।

पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।

शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवारको सभापतित्वमा भएकाे कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३(ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, क्षेत्र नं. १ (ख) उम्मेदवार एवम् जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं. २ काे (क) का उम्मेदवार श्याम पटेल लगायतको सहभागिता रहेकाे थियो । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...