Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

संविधानमाथि तरवार झुण्डिएको छ : सहरी मन्त्री चौधरी

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरवार झुण्डिएको बताएका छन् । क्षेत्र नं १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबंधन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन् ।

संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मुल धारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो । तर केपी ओलीलाई पचेन । जनताले खुसी मनाए तर केपी ओलीको समुहले त्यो खुुसी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरवार झुण्डिएको छ ।’

राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही –लमही, घोराही –तुल्सीपुर, लमही–रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्धारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्धारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण योजनाहरु आफुले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवार समेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देब नारायण चौधरी लगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...