Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

संविधानमाथि तरवार झुण्डिएको छ : सहरी मन्त्री चौधरी

spot_img
spot_img

वीरगंज । नेकपा (एकीकृत समाजवादी)का पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले नयाँ संविधानमाथि तरवार झुण्डिएको बताएका छन् । क्षेत्र नं १(क), दाङको लालमटियामा शुक्रबार आयोजित गठबंधन दलको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा व्यक्त गरेका हुन् ।

संकटको बेला नेपालका दलहरु एक ठाउँमा आउने गरेको इतिहास रहेका बताउँदै मन्त्री चौधरीले भने, ‘विश्वमै उत्कृष्ट संविधान हामीले मिलेरै बनाऔँ । समाजमा पिछडिएका वर्ग र तप्काका मानिसहरुलाई राज्यको मुल धारमा ल्याउने कानुनी व्यवस्था गरियो । हरेक दृष्टिकोणले प्रगतिशील संविधान बन्यो । तर केपी ओलीलाई पचेन । जनताले खुसी मनाए तर केपी ओलीको समुहले त्यो खुुसी देख्न सकेन । त्यसैकारण यतिबेला नेपालको संविधानमाथि तरवार झुण्डिएको छ ।’

राप्ती कोरिडोर, घोराहीलाई बेस मानेर घोराही –लमही, घोराही –तुल्सीपुर, लमही–रिहारसम्म पोड वेको डिपिआरको तयारी, स्वर्गद्धारी पुग्ने केवलकार, श्रीनारायण चोकदेखि स्वर्गद्धारी जोड्ने बाटो निर्माण जस्ता महत्वपूर्ण योजनाहरु आफुले अघि सारेको बताउँदै क्षेत्र नं १ को गठबन्धनको उम्मेदवार समेत रहेका सहरी मन्त्री चौधरीले आफ्नै कारण मुलुकमा खरको छानो हटाउने राष्ट्रिय अभियान चलेको सुनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु, माओवादी केन्द्रका जिल्ला इन्चार्ज निर्मल आचार्य, जनमोर्चा नेपालका जिल्ला अध्यक्ष गणेश आचार्य, कांग्रेसका क्षेत्रीय अध्यक्ष भेषराज पाण्डे, एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य तिलक केसी, कांग्रेसका लुम्बिनी प्रदेश सदस्य देब नारायण चौधरी लगायतले गठबन्धनका पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...