Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

ठाेरीमा उम्मेदवार रिजालकाे भव्य स्वागत

spot_img
spot_img

वीरगंज । ठोरीमा पर्सा क्षेत्र नम्बर ४ का सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार रमेश रिजाललाई भव्य स्वागत गरिएको छ ।

ठोरी गाँउपालिकाको निर्मलवस्तीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुगेका काँग्रेस केन्द्रिय सदस्य समेत रहेका रिजाललाई स्थानीयवासीले भव्य स्वागत गरेका हुन् । काँग्रेस नेता कार्यकर्ता र स्थानीयले समेत काँग्रेस उम्मेदवार रिजाललाई खादा, गम्छा र माला लगाएर स्वागत गर्दै उनको जितका लागि नारा पनि लगाएका थिए ।

कार्यक्रममा बोल्दै रिजालले आफु पदमा रहे पनि नरहेपनि ठोरी र क्षेत्र नम्बर ४ को जनताको सुखदुखमा सदैव साथमा रहदै आएको बताए । उनले ठोरी र यस क्षेत्रको विकास र समृद्धिका लागि लामो समय देखि सांसद पदमा नरहेपनि सकेको जति योगदान दिदै आएको जिकिर पनि गरे ।

रिजालले भने ,‘ म कस्तो नेता हु ठोरीका जनतालाई बताइरहन जरुरी छैन, यहाका जनताको हरेक सुखदुखमा साथमा रहदै आएको छु, त्यस कारण आगामी निर्वाचनमा जनताले मलाई एक पटक अवसर दिने कुरामा म विश्वस्त छु ।

उनले भने ,‘ २०७४ को निर्वाचनमा जितेका सांसदले चुनाव जितेपछि क्षेत्र नम्बर ४ का लागि के के गरे ? ठोरीलाई माया गरे कि गरेनन् ? अहिले उनि कुन क्षेत्रमा भागे ? यसको मुल्यांकन ठोरीका जनताले गरिरहेका छन् ।

रिजालले जनताले २/३ बहुमत दिदा समेत पद र सत्ताका लागि तीन बर्ष पनि सरकार चलाउन नसक्ने र पार्टी भित्रको आन्तरिक किचलोका कारण दुई दुई पटक सांसद नै बिघटन गर्ने एमालेलाई पनि आगामी चुनावमा जनताले तह लगाई दिने बताए ।

संविधान र लोकतन्त्र रक्षाका लागि काँग्रेसले पाँचदलीय गठबन्धन गर्नु परेको प्रस्ट्याउँदै रिजालले आगामी निर्वाचनमा संविधान र मधेस विरोधी एमालेलाई परास्त गरेर फेरि काँग्रेसकै नेतृत्वमा सरकार बन्ने ठोकुवा पनि गरे । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि भएपनि काँग्रेसलाई मत दिन अपिल पनि गरे ।

काँग्रेसका ठोरी गाँउपालिका सभापति सन्तोष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार शंकर चौधरी, काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि एंव जिल्ला सहसचीव नवीन सिन्ह, क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव लगायतका नेताकार्यकर्ताको सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...