Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

जुडे खेलाडीलाई गाउँपालिकाबाट बिदाई

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले नाैं राष्ट्रिय जुडाे प्रतियाेगितामा मधेश प्रदेशबाट सहभागि हुने खेलाडीलाई खेल सामग्री प्रदान गर्दै बिदाई गरेकाे छ ।

पोखरामा हुन लागेकाे प्रतियोगितामा मधेश प्रदेशबाट छनोट भएर सहभागी हुने कालिकामाई गाउँपालिकाकाे वडा नं. १ तिन्डोभिया निवासी जुडो खेलका खेलाडी अर्जुन पटेललाई गाउँपालिकाले बिदाई गरेकाे हाे । एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष बशिष्ट गुप्ताले फटेललाई खेल सामग्री प्रदान गर्दै खादा ओढाएर बिदाई गरेका हुन् ।

गाउँपालिका अध्यक्ष गुप्ताले राष्ट्रिय स्तरकाे प्रतियाेगिता खेल्न कालिकामाई गाउँपालिकाबाट छनाैट भएर गाउँपालिकाकाे नाम गरेकाे वताए । उनले प्रतियाेगतामा विजेता भएर फर्कन पनि शुभकामना दिए । 

पटेल असाेज ३१ गतेदेखि कात्तिक ३ गते सम्म पाेखरामा हुने नाैं राष्ट्रिय जुडाे प्रतियाेगितामा सहभागि हुन लागेका छन् ।  

साे अवसरमा कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया, वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, ताजिन्द्र साह कलवार लगायतकाे पनि उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...