Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पकाहा मैनपुरमा एमालेको दाेस्राे दिन पनि घरदैलाे

spot_img
spot_img

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवम् केन्द्रिय सदस्य राजकुमार गुप्ताले घरदैलो कार्यक्रममा आफ्नो सक्रियता बढाएका छन् । केन्द्रिय सदस्य गुप्ताले घरदैलोको दोश्रो दिन बिहिबार पकाहामैनपुर गाँउपालिकाको वडा नम्बर १ र २ अन्तर्गतका टोलहरु धोरे, मधुबनी, सुर्जाहा, मानिपुर लगायतको गाँउहरुमा घरदैलो कार्यक्रम गरेका छन ।

घरदैलो कार्यक्रममा गाउँबासीहरुले नेपाली कांग्रेसको सरकारले शिक्षा, स्वास्थ्य, कृषि एवं पूर्वधार विकासमा ध्यान नदिई मात्र कार्यकर्ता पालन पोषणमा लागेको आरोप सहित गुनासो गरेका थिए । गाउँबासीहरुको गुनासो सुन्दै नेता गुप्ताले अब आउने चुनावमा जनताको पक्षमा काम गर्न नेकपा एमालेलाई मतदान गर्न अनुरोध गरेका थिए ।

नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य पर्ने भएकोले एमालेलाई बिजयी गराउन आग्रह गरे । क्षेत्र नम्बर ३ को बिकाशको लागि आफु पहिलादेखि नै कार्यहरु गर्दै आएको र अधुरा बिकाश निर्माणको काम पुरा गर्न पुनः जिताउन नेता गुप्ताले आग्रह गरे ।

कार्यक्रममा नेकपा एमाले र जसपाका साझा प्रदेश सभा सदस्य ३ काे (ख) का उम्मेदवार डा. मधु गुप्ता, एमाले जिल्ला कमिटीका उप सचिव संजिव मिश्र, राष्ट्रिय युवा संघ पर्सा अध्यक्ष मोहमद निजाम, युवा संघका केन्द्रिय सदस्य रवि गुप्ता, नेता शिव पटेल, गाउँपालिका कमिटीका इञ्चार्ज विकास पाण्डेय, उपाध्यक्ष कृष्ण कुशवाहा, सचिव राजेश सहनी, पुर्व गाँउपालिका अध्यक्ष एवम् पकाहा मैनपुर गाउँपालिका निर्वाचन कमिटी अध्यक्ष बिचय चौरसिया, नेता हनिफ अंसारी, गम्भिरा साह, दीनानाथ साह, रामबाबु चौरसिया, जसपाकी नेतृ सलमा खातुन लगायत सयौं नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...